अमेरिकामा भारतीय मूलका टेक्ससका १३ वर्षीय फैज़ान ज़कीले जिते १०० औँ स्क्रिप्स राष्ट्रिय हिज्जे प्रतियोगिता

इनेप्लिज २०८२ जेठ १७ गते १०:४८ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको एलन शहरका भारतीय मूलका १३ वर्षीय फैज़ान ज़कीले बिहीबार राति सम्पन्न २०२५ को १०० औँ स्क्रिप्स नेसनल स्पेलिङ बी अर्थात् हिज्जे प्रतियोगिता जित्दै ५०,००० डलरभन्दा बढी नगद र पुरस्कार प्राप्त गरेका छन्।

गत वर्ष दोस्रो स्थानमा रहेका फैज़ान यस वर्षको विजेता घोषित भएका हुन्। अन्तिम चरणमा उनीसँगै ११ वर्षीय सर्व धारवणे र १४ वर्षीय सर्वदन्या कदम पनि प्रतिस्पर्धामा रहेका थिए। सबैले आ–आफ्नो शब्द गल्ती गरेपछि थप एक चरणको प्रतिस्पर्धा गरियो।

प्रतियोगिता विश्लेषक पॉल ल्योफ्लरले भने, “यस्तो रोमाञ्चक अन्तिम चरण हिज्जे प्रतियोगिता मा लामो समयपछि देखियो।”

अन्ततः फैज़ान र सर्वदन्या अन्तिम दुई प्रतिस्पर्धी बने। फैज़ानले éclaircissement शब्दलाई सहि रूपमा उच्चारण गर्दै विजयी बने। फैज़ान अन्तिम अक्षरहरू उच्चारण गरेपछि हर्षले भुइमा ढले र भने, “म एकदमै खुसी छु!”

यो प्रतिष्ठित प्रतियोगिता पहिलो पटक सन् १९२५ मा सुरु भएको थियो। तर २०१९ मा ८ जना विजेता र अन्य वर्षहरूमा दुई जनाको संयुक्त जितका कारण यो १०० औँ संस्करण भए पनि अहिलेसम्म ११० जना विजेता भइसकेका छन्।

यस वर्षको हिज्जे प्रतियोगिता(स्पेलि)ङ बीमा ११ देखि १४ वर्ष उमेरका ९ जना प्रतिस्पर्धीले अन्तिम रातमा भाग लिएका थिए। प्रतियोगिता मेरिल्यान्डमा आयोजना गरिएको थियो। सन् २०२६ मा यो प्रतियोगिता वासिङ्टन डी.सी. को संविधान सभाकक्षमा हुने बताइएको छ।

प्रतिक्रिया