शुक्रबार, भदौ ३ २०७९
काठमाडौं २३:१३
वासिङटन डिसी 13:28

फ्लोरिडामा खोप नलगाएकी एक महिला कोभिड संक्रमित भै स्वास फेर्न अत्यधिक गाह्रो भए पछि भुईमा पल्टिएर पालो कुर्दै

इनेप्लिज २०७८ भदौ ५ गते १:०२ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यमा डेल्टा प्रजातिको कोरोना वृद्धिसंगै टोमा डिन नाम गरेकी बिरामीलाई स्वास फेर्न अत्यधिक गाह्रो भए पछि यसरी भुईमा लडेको तस्विर अहिले व्यापक भएको छ ।

उनि कोभिड-१९ को उपचार गर्ने स्थानमा पल्टिएको देखिएको छ । उनि बिगत दुई हप्ता देखि अत्यधिक बिरामी भएको कारण उनि आकस्मिक कक्षबाट बाहिर यसरी देखिएकी हुन् ।

फ्लोरिडाको ज्याक्सनभिलम स्थित रोग प्रतिरोधक क्षमता उपचार केन्द्रमा गत बुधबार अगस्त १८ का दिन सिकिस्त अवस्थामा त्यहाँ पुगेकी थिइन् । उनलाई उभिदा स्वास फेर्न गाह्रो भएकोले उनले आफैले पल्टिदा सहज हुन्छ भनि भुइमा उनको पालो नआउन्जेल उक्त केन्द्रको भुइमा पल्टिएकी थिइन् ।

उनले एबिसी न्युजलाई आफू उभिदा स्वास फेर्न अप्ठ्यारो भएको र उपचार प्राप्त गर्नको लागी आफू अयोग्य हुन् सक्ने भएकोले भुइँमा बसेर धैर्यतापूर्वक पंक्तिबद्ध भै जानको लागी यसरी पर्खनु परेको बताइन । साथै उनले मलाई उपचार गर्न आवश्यक भएकोले मैले भुइँमा सुत्न रोजेको बताइन ।

उनले “यदि मैले पंक्तिमा उभिन रोजेको भए, म यो उपचारको लागी कहिल्यै गर्न सक्दिनथे। नत्र म आकस्मिक कक्षमा फिर्ता हुने थिएँ। त्यसैले म भुइँमा लडेको जनाइन ।

उनि प्रतिक्षा गरि रहेकी थिइन् भने अन्य बिरामीले उनको तस्बिर खिचेर सामाजिक संजालमा हाले पछि व्यापक(भाइरल )भएको हो । उनि त्यसरी ढलेर प्रतिक्षा गरे पछि उक्त केन्द्रले उनलाई पाङ्ग्रेकुर्सी(व्हिलचेयर)प्रदान गरेको एबिसीन्युजले जनाएको छ ।

उनको समय दिउसोको भएता पनि ४:३० सम्म उनको पालो नआएको र उपचार भएको थिएन । उनका धेरैजसो लक्षणहरु हराइसकेको डीनले भनिन् । उनि खोप नलगाएकी महिला हुन् ।

“तपाईलाई थाहा छैन कि सास फेर्न कती गाह्रो छ। … म तपाईलाई सबै बिभिन्न कुराहरु बताउन सक्छु, मैले कस्तो महसुस गरेको छु र म कति बिरामी छु त्यो तस्वीर लिनु भन्दा १२ घण्टा पहिले उनले बताएकी थिइन् । ‘म अब यो गर्न सक्दिन। म त्याग छोडिरहेको छु,’ “डीनले भनिन ।

तस्बिर कृतज्ञता : लुई लोपेज

प्रतिक्रिया