अमेरिकी चर्चित कलाकार तथा ब्यबसायी किम कार्डाशियन र उप राष्ट्रपति ह्यारिस बीच भेटघाट

इनेप्लिज २०८१ वैशाख १४ गते ११:०८ मा प्रकाशित

अमेरिकी चर्चित कलाकार तथा ब्यबसायी किम कार्डाशियन र उप राष्ट्रपति कमला ह्यारिस बीच भेटघाट भएकोछ । उनि राष्ट्रपति जो बाइडेनले जारी गरेको माफीको बारेमा छलफल गर्न गत बिहीबार व्हाइट हाउसमा उपराष्ट्रपति कमला ह्यारिससँग सामेल भएकी थिइन् ।

राष्ट्रपति बाइडेनले ११ जनालाई माफी दिएको र अहिंसात्मक लागुऔषध अपराधमा दोषी ठहर भएका पाँच जनाको सजाय घटाएको एक दिनपछि यो कुराकानी भएको हो।

बुधबार माफी पाएका धेरै व्यक्तिहरू त्यहाँ उपस्थित भएको सिएनएनले जनाएको छ । जस्मा जेसन हर्नान्डेज, बबी ड्यारेल लोरी, जेसी मोस्ले र बेभर्ली होल्सी रहेका थिए जसले न्याय प्रणालीसँग आफ्ना अनुभवहरू छलफल गरे। चारै जनाले आफ्नो कारावास पछि आफ्नो समुदायमा व्यवसाय सुरु गरेका छन् ।

ह्यारिसले कार्डाशियनलाई धन्यवाद दिइन । म यहाँ मद्दत गर्न आएको कार्डाशियनले बताईन । उनीले क्षमा प्राप्तकर्ताहरूलाई उनीहरुको कथाहरू सुन्न यहाँ आउन पाउँदा धेरै उत्साहित भएको भनिन ।

प्रतिक्रिया