न्यूयोर्क बफेलोमा गोली चल्दा १४ वर्षीया किशोरीको मृत्यु, अन्य ५ किशोरहरू घाइते

इनेप्लिज २०८१ वैशाख २४ गते १०:२९ मा प्रकाशित

न्यूयोर्कको बफेलोमा गोली चल्दा १४ वर्षीया किशोरीको मृत्यु भएको छ भने अन्य ५ किशोरहरू घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सन् २०२२ मा भएको गोली काण्ड बिशाल बजार (सुपरमार्केट)बाट केही टाडा रहेको भवनसमूहमा रहेको बफेलो न्यूयोर्कमा गत शनिबार एउटा घरको भोज बाहिर गोली चल्दा एक १४ वर्षीया किशोरीको मृत्यु भएको र अन्य पाँच किशोर/किशोरीहरू घाइते भएका छन् ।

राति ११ बजेपछि गोली चलेको थियो । प्रहरीका अनुसार बफेलोको पूर्वीय क्षेत्रछिमेकमा सयौ मानिसरहरू भोजमा भेला भएका थिए।

“बफेलो शहरमा यो एक दुखद दिन हो। रातभरि १४ देखि १६ वर्षका बीचका छ जना युवाहरूलाई गोली हानियो,” बफेलोका नगर प्रमुख बायरन ब्राउनले आइतबार दिउँसो आफ्नो साप्ताहिक रेडियो कार्यक्रममा भने। “एउटी १४ वर्षीया किशोरीको मृत्यु भएको छ, एक १५ वर्षीय किशोर स्थिर तर गम्भीर अवस्थामा छन्। सौभाग्यवश, घाइते भएका अन्य चार बालबालिकाको अवस्था ठीक छ।”

आइतबार दिउँसोसम्म कसैलाई पक्राउ गरिएको घोषणा गरिएको छैन। बफेलो प्रहरी विभागले गोलाबारीको बारेमा जानकारी भएमा अनुसन्धानकर्ताहरूलाई सम्पर्क गर्न आग्रह गरिरहेको छ।

गोली चलाउने ब्यक्तिहरु धेरै हुन् सक्ने प्रहरीले अनुसन्धान गरिरहेको छ।

घटनास्थलमा १४ वर्षीया किशोरी गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन् र उनलाई बफेलोकोओशेई बाल अस्पतालमा लगिएको थियो, जहाँ उनीलाई मृत घोषित गरिएको थियो। मारिएकी युवतीको नाम तत्काल खुलाइएको छैन ।

प्रतिक्रिया