अमेरिकाको ५ वटा राज्यमा आएको २५ वटा घुम्रपात(टोर्नाडो)बाट ११ जनाको मृत्यु ,६० भन्दा बढी व्यक्ति घाइते

टेक्ससमा बालबालिकाको समेत ज्यान गएको छ

इनेप्लिज २०८१ जेठ १३ गते २२:२४ मा प्रकाशित

अमेरिकाको ५ वटा राज्यमा आएको २५ वटा घुम्रपात(टोर्नाडो)बाट ११ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । एबिसीन्यूजका अनुसार टेक्ससका मृतकमध्ये बालबालिका पनि परेको कुक काउन्टी शेरिफले बताए ।

गत शनिबार राति र आइतवार बिहानसम्म टेक्सस, ओक्लाहोमा, अर्कान्सास, मिजौरी र क्यान्ससका समुदायहरूमा घुम्रपात(टोर्नाडो)का कारण कम्तीमा ११ व्यक्तिको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन्।

कुक काउन्टी शेरिफको कार्यालयले आइतवार कुक काउन्टी टेक्सस,ड्यालसको उत्तरमा मारिएका ७ व्यक्तिहरू मध्ये २ र ५ वर्षका दुई बच्चाहरू समेत परेको बताएको छ ।

६० भन्दा बढी व्यक्ति घाइते भएका छन् । घुम्रपात(टोर्नाडो) धेरै घर र व्यवसायहरूमा ठूलो क्षति पुर्‍याएको छ। आकस्मिक सेवाहरूले सक्रिय रूपमा बेपत्ता व्यक्तिहरूको भग्नावशेष खोजिरहेका छन् ।

प्रतिक्रिया