प्रेमिका भेट्न रुस पुगेका अमेरिकी सैनिकले आंशिक रुपमा अदालतमा चोरीको आरोप स्वीकार गरेको रुसी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
तर उनले आक्रमण वा ज्यान मार्ने धम्कीको आरोप स्वीकार नगरेको समाचारहरु प्रकाशित भएको एबिसीन्यूजले जनाएको छ ।
गोर्डन ब्लाक नामक सैनिकलाई गत मे २ मा रुसको भ्लादिभोस्टोकमा आपराधिक दुर्ब्यबहारको आरोपमा हिरासतमा राखिएको थियो ।
अमेरिकी सेनाका सेवा सदस्य गोर्डन ब्लाक जो मे महिनाकोको शुरुदेखि रुसमा हिरासतमा छन् । प्रिमोर्स्की अदालतमा चलिरहेको मुद्दाको दोस्रो सुनुवाइको क्रममा चोरीको आरोपमा आंशिक रूपमा दोषी ठहरिएको रुसी संचार माध्यमहरुले सोमबार समाचारमा उल्लेख गरेका छन् ।
रुसी संचार माध्यमहरुका आनुसार ३५ वर्षीय ब्लकले चोरी गरेको स्वीकार गरे तर उनले आक्रमण वा ज्यान मार्ने धम्कीको आरोप स्वीकार गरेनन् ।
मे महिनामा उनलाई रुसको भ्लादिभोस्टोकमा प्रिमोर्स्की क्षेत्र जुन उत्तर कोरिया र चीनसँग सीमा जोडिएको थियो। उनलाई आपराधिक दुराचारको आरोपमा पक्राउ गरिएको थियो ।
ब्लाक रुसमा आफ्नी प्रेमिकालाई भेट्न गएका थिए । प्रेमिकासँग भेटे पछि प्रेमीले पैसा हराएको उजुरी गरे पछि प्रहरीले शहरको एक अतिथि गृह (होटल)मा उनलाई भेट्टाएका थिए ।
सोमबारको सुनुवाईको क्रममा ब्लाकले भने उनलाई एलेक्सान्ड्रा वास्चुकले रूसमा निमन्त्रणा दिएकी थिइन् । दुई अमेरिकी अधिकारीहरूले गत मे महिनामा अस्थायी बिदामा जानु अघि उनलाई दक्षिण कोरियामा राखिएको थियो। उनलाई रुसको यात्राको अनुमति दिइएको नभएको अधिकारीहरूले बताएका थिए ।
ब्लाकले चोरीको आरोपमा दोषी स्वीकार गरेको अनुसन्धानमा सहयोग गरिरहेको एक रूसी अधिकारीले मध्य मे मा एबीसी न्यूजलाई पुष्टि गरे।
मुद्दामा ब्लाकको अर्को अदालतको सुनुवाई बुधबार, जुन १९, स्थानीय समय अनुसार बिहान १० बजे हुने छ।
प्रतिक्रिया