राष्ट्रपति डोनाल्ड ट्रम्पले भोली शुक्रबारसाँझ ५ बजे महत्त्वपूर्ण बिधेयकमा हस्ताक्षर गर्ने भएका छन् । साथै यो विधयेक पारित भएको खुशीमा ह्वाइट हाउसमा जुलाई ४ अमेरिकाको स्वतन्त्रता दिवसको उत्सव मनाइनेछ।
ह्वाइट हाउसकी छापा सचिव क्यारोलिन लेभिटले भनिन्, “ट्रम्पले चाहेजस्तै यो ‘बिशाल , सुन्दर कानुन’ संसदबाट पारित भएको छ। भोलि ४ जुलाईमा साँझ ५ बजे राष्ट्रपतिको टेबलमा हस्ताक्षरका लागि पुग्नेछ र एउटा भव्य हस्ताक्षर समारोह हुनेछ।”
यो कानुन पारित गराउन ट्रम्पले महिनौँ अगाडि जुलाई ४ को समय तोकेका थिए, यद्यपि संसदमा केही समस्याहरू आएकाले उनले यस समयसीमाबारे केही हिचकिचाएका थिए।
साथै राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले भोलि साँझ ५ बजे ह्वाइट हाउसमा जुलाई ४ को उत्सव र सैनिक परिवारको लागि वनभोजमा सहभागी हुने कार्यक्रम छ। पभोली एफ-२२ ,एफ-३५ र बि- २ बमबर्षक विमानहरूको सैन्य उडान प्रदर्शन पनि हुनेछ।
बिधेयक पारित भएको खुशीयाली मनाउन ट्रम्प आयोवा जाँदैछन् । ट्रम्पले आज साँझ आयोवाको डे मोइनमा खुशीयाली मनाउनेछन्।
ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले भने, “राष्ट्रपति आज राति आयोवा जाँदै हुनुहुन्छ, उहाको भाषणको महत्त्वपूर्ण भाग यो कानुन पारित भएको खुशीयालीमा हुनेछ।” । उनले ट्रम्पले आफ्नो महत्वपूर्ण चुनावी अभियान सुरु गरेको आयोवामा यस विषयमा कुरा गर्ने पनि बताए।
आज मतदान हुँदा बिधेयक २१८ -२१४ ले पारित भयो । साधारण बहुमतको लागि २१८ मत चाहिने हुनाले २१८ मत प्राप्त भए पछि प्रतिनिधि सभाले पारित गरेको हो । तर रिपब्लिकनका दुई जना सांसदले बिधेयकको विपक्षमा मतदान गरे ।
प्रतिक्रिया