राष्ट्रपति ट्रम्पको विशाल सुन्दर बिधेयक अमेरिकी तल्लो सदनद्वारा पारित : ट्रम्पको ऐतिहासिक जीत

इनेप्लिज २०८२ असार १९ गते १८:३५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशाल सुन्दर बिधेयक अमेरिकी तल्लो सदनले अन्तत्वगत्वा पारित गरेको छ ।

गत मंगलबार देखि नै पारित गर्नलाई कडा मेहनत गर्दै मतदान नदिने अवस्थामा पुगेका रिपब्लिकन दलकै सांसदहरु लामो समय सम्म कुराकानी गर्दै अन्त्यमा विशाल सुन्दर बिधेयक अमेरिकी प्रतिनिधि सभाबाट पारित भएको छ । आज जुलाई ३ बिहिबारका दिन दिउसो यो बिशाल सुन्दर बिधेयक पारित भएको हो ।रिपव्लिकनका २ जना सॅासदले बिपक्षमा मत खसालेका थिए ।

यो बिधेयकलेसंगै ट्रम्पको ऐतिहासिक जीत भएको छ । सिनेटमा पनि ५० -५० मत परे पछि उपराष्ट्रपति जेडी भान्सले आफ्नो एक मत दिई सिनेटबाट पारित भएको थियो । अमेरिकी जुलाई ४ अर्थात् स्वतन्त्रता दिवश अगाडी सम्म राष्ट्रपति ट्रम्पले पारित गर्न आह्वान गरे पछि द्रुत गतिमा यो अगाडी बढाईयो ।

अमेरिकाको केही राज्यहरुमा बुधबार मौषमको कारण हवाई उडानहरु ढिलो भएको समेत कारण र यस बिधेयकमा फरक मत राख्ने सांसदहरुसंग पनि गहन छलफल गर्नु पर्यो । राष्ट्रपति स्वयमले धेरै जनासँग कुरा गरेर मनाएका थिए । राष्ट्रपतिले पटक पटक सभामुख माइक जोन्सनसँग कुरा गरेका थिए ।

अहिले भएको मतमानमा हुन्छ भन्ने पक्षमा २१८ हुदैन भन्ने पक्षमा २१४ मत परेको थियो भने अन्तत्वगत्वा ट्रम्पको बिशाल सुन्दर बिधेयक पारित भएको छ । अर्थात मतदानमा २१८-२१४ मत खसे पछि विशाल सुन्दर बिधेयक पारित भएको हो ।

अब यो पारित हुने बित्तिकै राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरे पछि यो कानुन बन्नेछ । सम्भवत आजै राती राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्न सक्ने छन् ।

राष्ट्रपति ट्रम्पले सामाजिक संजाल मार्फत हौसला दिदै र केही रिपब्लिकन सांसदहरुसँग पनि कुरा गरेका थिए । ट्रम्प बुधबार मध्य राती सम्म पनि नसुती बसेका थिए । उनले सामाजिक संजाल मार्फत पटक पटक टिप्पणी गरेका थिए ।

प्रतिनिधि सभाका सभामुख माइक जोनसनले प्रतिनिधि सभामा मतदान हुनुअघि राष्ट्रपति ट्रम्पकोअमेरिका प्रथम नीतिगत कार्यसूची विधेयकको प्रशंसा गर्दै यसले देशलाई “बलियो, सुरक्षित र समृद्ध” बनाउने र सबै अमेरिकीहरूलाई फाइदा पुर्‍याउने बताएका छन्। 

उनले अमेरिकी जनतासँग गरिएका वाचा पूरा गर्न आफ्नो एकीकृत सरकारी नियन्त्रणलाई सदुपयोग गर्ने रिपब्लिकनहरूको प्रतिबद्धतामा जोड दिए ।ट्रम्पलाई विधेयकको “निर्माता र बिजेता” को रूपमा प्रस्तुत गरे ।

उनको भाषण प्रतिनिधि सभाका अल्पसंख्यक नेता हाकिम जेफ्रीजले विधेयकको विरोधमा दिएको कीर्तिमानी ८ घण्टा ४४ मिनेट लामो भाषणपछि आएको हो। 

अमेरिकी संसदको इतिहासमा सबैभन्दा लामो भाषण दिएर नयाँ किर्तीमान कायम गरेका छन्। 

ट्रम्पको जुलाई ४ को समयसीमा पूरा गर्ने लक्ष्यका साथ प्रतिनिधि सभाले अन्तिम मतदानको तयारीका लागि रातभर काम गरेको थियो।

प्रतिक्रिया