अदालतको खरो आदेश: किलमर एब्रेगो गार्सियाको मुद्दामा सरकारले अब सार्वजनिक टिप्पणी गर्न नपाउने

इनेप्लिज २०८२ असार १९ गते २०:५९ मा प्रकाशित

अमेरिकाको टेनेसीमा किलमर एब्रेगो गार्सियामाथि चलिरहेको फौजदारी मुद्दा हेरिरहेका न्यायाधीशले बिहीबार दुवै पक्षलाई मुद्दाको बारेमा सार्वजनिक रूपमा टिप्पणी गर्न रोकेका छन्।

उनको प्रतिरक्षा वकिलहरूले सरकारले भ्रामक टिप्पणीहरू गरेर उनको निष्पक्ष सुनुवाइको अधिकार खोसेको तर्क गरेपछि न्यायाधीशले यस्तो आदेश दिएका हुन्।

गार्सियालाई गल्तीले देश निकाला गरिएको थियो र पछि मानिस तस्करीको आरोप लगाइएको थियो। उनका वकिलहरूले अमेरिकी जिल्ला न्यायाधीश वेभर्ली डी. क्रेन्शालाई यो आदेश दिन आग्रह गरेका थिए। उनीहरूले सरकारले नियमित रूपमा मुद्दामा असर पार्न सक्ने टिप्पणीहरू गर्न नपाउने स्थानीय नियमको उल्लंघन गरिरहेको बताएका थिए।

वकिलहरूको निवेदनमा भनिएको थियो, “महिनौदेखि, सरकारले एब्रेगोको बारेमा धेरै र भ्रामक सार्वजनिक टिप्पणीहरू गरिरहेको छ, जसले उनको निष्पक्ष सुनुवाइको अधिकारमा बाधा पुर्‍याउने सम्भावना छ। यस जिल्लामा उनको विरुद्धमा मुद्दा दर्ता भएपछि पनि यी टिप्पणीहरू रोकिएनन्, बरु झन् बढे, जसले सरकार ‘पत्रिकाबाटै मुद्दा चलाउने’ मनसायमा रहेको स्पष्ट पार्छ।”

एब्रेगोका वकिलहरूले यसमा न्याय विभाग र गृह सुरक्षा बिभाग (होमल्याण्ड सेक्युरिटी )विभाग दुवैलाई समावेश गर्न आग्रह गरेका थिए। न्यायाधीशले दुई वाक्यको फैसलामा प्रतिरक्षाको निवेदन स्वीकार गर्दै भने, “सबै वकिलहरूले यस अदालतका स्थानीय नियमहरू पालना गर्ने अपेक्षा गरिन्छ।”

T

प्रतिक्रिया