डिसीमा कंग्रेसनल इन्टर्न (सीप विकास गर्ने )व्यक्ति माथि गोली चलाउदा मृत्यु ,१६ वर्षीय किशोर सहित तीन जना घाइते

इनेप्लिज २०८२ असार १९ गते १६:३४ मा प्रकाशित

गत सोमबार राति वाशिङ्टन डी.सी को उत्तरपश्चिममा भएको भगोलीकाण्डमा एक कंग्रेसनल इन्टर्न अर्थात् सीप विकास गर्ने व्यक्तिको मृत्यु भएको छ।

यस घटनामा १६ वर्षीय किशोरसहित तीन जनालाई गोली लागेको थियो। डिसीको माउन्ट भेर्नन स्क्वायर रेलचौकी (मेट्रो स्टेशन )नजिकै भएको यो घटनाले सबैलाई स्तब्ध बनाएको छ।

मृत्यु हुने २१ वर्षीय एरिक टार्पिनियन-जाचिम कन्ससका रिपब्लिकन सांसद रन एस्टेसको सांसद भवन (क्यापिटल हिल )कार्यालयमा गर्मी बिदाको लागि इन्टर्न अर्थात् वृत्ति गर्न आएका थिए।

सांसद एस्टेसले भने, “उनको दयालु हृदय र कार्यालयमा आउने जो कोहीलाई पनि खुसीसाथ अभिवादन गर्ने उनको बानी मलाई सधैं याद रहनेछ।”

प्रहरीका अनुसार एरिकलाई लक्षित गरी गोली हानिएको थिएन। दुई जना मानिस गाडीबाट ओर्लिएर एक समूहमाथि गोली चलाउन थालेपछि उनीमाथि गोली लागेको थियो। त्यसपछि कसैले जवाफी गोली पनि फर्काएको थियो। यस घटनामा एक महिला र १६ वर्षीय किशोर पनि घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ।

एरिक राजनीति र वित्त बिषयमा अध्ययन गरिरहेका थिए । उनी चाँडै चौथो वर्षमा प्रवेश गर्दै थिए। महानगर प्रहरी विभागकी प्रमुख पामेला स्मिथले घटनाको अनुसन्धान तीव्र गतिमा भइरहेको बताएकी छिन्।

उनले भनिन्, “हाम्रो शहरमा महत्वपूर्ण काम गर्न आएका एक युवाको यस्तो दुखद निधन हुनु अस्वीकार्य छ। हामी मानिसहरूलाई बन्दुक त्याग्न आग्रह गर्दछौं।”

प्रहरीले घटनामा प्रयोग भएको गाडी फेला पारेको छ भने अपराधीहरूको खोजी भइरहेको छ।

प्रतिक्रिया