अमेरिकी हतियार आपूर्ति रोकिएसँगै ट्रम्प–पुटिन वार्ता, भोलि जेलेंस्कीसँग पनि कुराकानी हुने

इनेप्लिज २०८२ असार १९ गते १४:५५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार यता उनको बिशाल सुन्दर बिधेयकको मतदान हुनु अगाडी बिहान १० बजे रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग दुरवार्ता गर्ने जानकारी सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत दिएका छन्। सम्भवत अहिले उनीहरु बीच वार्ता भै रहेको छ ।

यस हप्ता सुरुमा ह्वाइट हाउसले युक्रेनलाई दिइँदै आएको केही हतियार आपूर्ति रोकिएको पुष्टि गरेको थियो। अमेरिकी रक्षा बिभाग (पेन्टागन) ले अन्य देशहरूलाई दिइँदै आएको सैन्य सहायता पुनरावलोकन गरेपछि यो निर्णय लिइएको जनाइएको छ।

एक अमेरिकी अधिकारीका अनुसार, अमेरिकी हतियार भण्डारण अत्यधिक कम हुन थालेको चिन्ताका कारण आपूर्ति रोकिएको हो।

राष्ट्रपति ट्रम्प र पुटिनबीच अघिल्लो पटक जुन महिनाको मध्यतिर कुराकानी भएको थियो। त्यतिबेला पनि ट्रम्पले रूसी राष्ट्रपति पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्की दुबैप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

रूस–युक्रेन युद्ध अझै रोकिएको छैन र ट्रम्पले भोलि (शुक्रबार) युक्रेनी राष्ट्रपति जेलेंस्कीसँग पनि दूरवार्ता गर्ने योजना बनाएका छन्।

प्रतिक्रिया