अमेरिकाको न्युयोर्क शहरमा अमेरिकी नागरिकको हत्या गर्ने योजनामा सघाएको अभियोग लागेका एक भारतीय नागरिकलाई मुद्दा चलाउन अमेरिका सुपुर्दगी गरिएको छ ।
अमेरिकी जिल्ला अदालतका प्रवक्ताले निखिल गुप्तालाई सोमबार संघीय हत्या गर्न भाडामा लिइएको आरोपमा तल्लो म्यानह्याटन अदालतमा हाजिर गर्ने कार्यक्रम रहेको बताए।
न्याय विभागले ५२ बर्षिय गुप्तालाई एक भारत सरकारका “वरिष्ठ क्षेत्र अधिकारी” को एक सहयोगी भएको आरोप लगाएको छ । तिनीहरू र अरू मिलेर न्यूयोर्क शहरमा एक सिख पृथकतावादी र भारत सरकारको आलोचकको हत्याको षड्यन्त्रमा मद्दत गरेको विभागले उल्लेख गरेको छ ।
एसोसिएटेड प्रेसका अनुसार ती आलोचक गुरपतवन्त सिंह पन्नुन भएको पहिचान गरिएको छ,जसलाई भारतीय अधिकारीहरूले आतंकवादीको संज्ञा दिएका छन्।
गत नोभेम्बरमा न्याय विभागका अधिकारीहरूले गुप्तालाई चेक गणतन्त्रमा जुन महिनामा पक्राउ गरेपछि आरोपहरू घोषणा गरेका थिए । उनीहरूले उनलाई न्यूयोर्कमा सुपुर्दगीको सामना गर्ने बताएका थिए ।
अभियोजकहरूले बताए अनुसार गुप्ताले लागुऔषध र हतियारको तस्कर भएको दाबी गरेका थिए । किनकी उनले व्यावसायिक हत्यारा सोच्दै एक गुप्तचरलाई सम्पर्क गरेको र बोलेको अभियोगमा जनाईएको छ ।
त्यही समयमा क्यानडामा १८ जुनमा बन्दुकधारीले अर्का सिख पृथकतावादी नेता हरदीप सिंह निज्जरलाई ब्रिटिश कोलम्बियाको एउटा सिख मन्दिर बाहिर गोली हानी हत्या गरिएको थियो ।
औषधि प्रवर्तन प्रशासन तथा एफबिआइका अनुसार गुप्ताले हत्याको लागि १००,००० लाख डलर तिर्न तयार भएका थिए ।
गुप्तालाई हत्याको लागि भाडामा लिईएको र हत्या गर्ने षड्यन्त्रको लागि भाडामा लिइएको आरोप लगाइएको थियो, जसमा उनि दोषी प्रमाणित भएमा अधिकतम १० वर्षको कारागार सजाय सजाय हुने एनबिसीन्यूजले जनाएको छ ।
प्रतिक्रिया