अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ३.३ ट्रिलियन जलरको आर्थिक विधेयकमा हस्ताक्षर गरेका छन्।
विधेयकमा हस्ताक्षर गरे लगतै मॅुग्रो पनि ठटाए ! यस भित्र के के फाइदाहरु छन ?
अमेरिकी प्रतिनिधिसभाले गत बिहीबार उनको विशाल सुन्दर विधेयक पारित गर्दै ट्रम्पको स्वतः निर्धारण गरिएको जुलाई ४ को म्यादभित्र राष्ट्रपतिको कार्यालयमा पु-याएको थियो।
ट्रम्पले यसलाई विशाल सुन्दर विधेयक भनेर सम्बोधन गरेका थिए । यो विधेयकमा २०१७ को कर छुट तथा रोजगार ऐनमा समावेश गरिएका व्यक्तिगत तथा व्यवसाय कर छुटहरूलाई स्थायी बनाइएको छ।
साथै, बक्सिस( टिप्स), अतिरिक्त काम गरेको तलव(ओभरटाइम तलब) र वृद्ध नागरिकको सामाजिक सुरक्षामा कर नलाग्ने नयाँ व्यवस्था गरिएको छ। ट्रम्पले भने, “हामीले ट्रम्प कर छुटलाई स्थायी बनायौं — यो इतिहासकै सबैभन्दा ठूलो कर कटौती हो।” यो विधेयकमार्फत ४० मिलियन ( चार करोड)अमेरिकी परिवारलाई बाल कर सुविधा स्थायी रूपमा उपलब्ध हुनेछ, जसले उनीहरूको आर्थिक बोझ कम गर्ने विश्वास लिइएको छ।
यसबाहेक, रक्षा बजेट र ट्रम्पको अवैध आप्रवासी विरुद्धको देश निकाली कार्यक्रमका लागि झण्डै ३५० बिलियन डलर विनियोजन गरिएको छ। पूर्व राष्ट्रपति जो बाइडेनकालीन हरित ऊर्जा सम्बन्धी कर छुटहरि पनि हटाइएको छ। तर विधेयकले अमेरिकी ऋण सीमा ५ ट्रिलियन( खर्व डलर) बढाएको कारण आलोचना पनि भइरहेको छ।
पूर्व सरकारी दक्षता बिभागका प्रमुख इलन मस्कले यसको आलोचना गर्दै सरकारी फजुल खर्च नियन्त्रण गर्नुपर्ने बताए।
राष्ट्रपति ट्रम्पले यस विधेयकलाई “अमेरिकाको स्वर्ण युग” को सुरुवात बताउँदै आर्थिक वृद्धिको नयाँ युग सुरु भएको घोषणा गरेका छन्।
उनले सम्बोधनको क्रममा भने अमेरिकाले पहिले कहिल्यै नजितेको तरिकाले जितिरहेको छ ।उनले गत महिना इरानको आणविक कार्यक्रममाथि भएको बम हमलाको कुरा गरे । आज ह्वाइट हाउसमा सम्पन्न जुलाई ४ वनभोज कार्यक्रममा लडाकु विमान र बि-१२ बमबर्षक बिमान पनि आकाशमा उडे।
ट्रम्पले विधेयकमा हस्ताक्षर गर्नुअघि २२ मिनेट मात्रै बोले ।
डेमोक्रेटिक राष्ट्रिय समितीका अध्यक्ष केन मार्टिनले शुक्रबार यो विधेयकलाई “विनाशकारी” को सॅज्ञा दिएका छन् ।
प्रतिक्रिया