वाशिङ्टन डिसी । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी स्वतन्त्रता दिवस (जुलाई ४) को अवसरमा ह्वाइट हाउसमा विशेष समारोह आयोजना गर्दै आफूले “विशाल ,सुन्दर विधेयक नामाकरण गरेको नयाँ विधेयकमा हस्ताक्षर गरेका छन्।
यो विधेयक राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको घरेलु नीति कार्यक्रमसँग जोडिएको हो।यद्यपि सबै रिपब्लिकन सांसदहरूले समर्थन नगरे पनि ट्रम्प र कांग्रेसले यो विधेयक जुलाई ४ को समयसीमा अघि नै पारित गर्न सफल भए।
राष्ट्रपति ट्रम्पले गक बिहीबार ह्वाइट हाउसबाट विधेयक पारित भएको प्रत्यक्ष प्रसारण हेरेका थिए। त्यसै राति आयोवामा भेलालाई सम्बोधन गरे ।
विधेयक पारित गर्नका लागि घण्टौं लामो वार्ता र छलफल पछि अन्ततः बिहीबार प्रतिनिधिसभाले २१८-२१४ मतले यसलाई पारित गर्यो।
दुई जना रिपब्लिकन सांसदले यसविरुद्ध मतदान गरे भने एकजना पनि डेमोक्र्याटले एक जनाले पनि समर्थन गरेनन्।
प्रतिक्रिया