हमास युद्ध रोक्न राजी: बन्धक आदानप्रदान गर्ने बारे आयो सकारात्मक खवर 

इनेप्लिज २०८२ असार २० गते २०:५६ मा प्रकाशित

हमासले हालको युद्धविराम र बन्धक आदान प्रदान समवन्धी प्रस्तावबारे मध्यस्थकर्ताहरूलाई “सकारात्मक जवाफ” दिएको घोषणा गरेको छ। 

यद्यपि, यो प्रस्ताव कसरी लागू हुन्छ भन्नेबारे अर्को चरणको वार्ता आवश्यक पर्नेछ।

हमासले भनेको छ, “यो योजना लागू गर्ने तरिकाबारे वार्ताको अर्को चरणमा तुरुन्तै प्रवेश गर्न हामी पूर्ण रूपमा तयार छौं।” 

इजरायलले शुक्रबारसम्म हमासबाट यस विषयमा जवाफको अपेक्षा गरेको इजरायली अधिकारीले एबीसी न्यूजलाई बताएका थिए।

यस हप्ताको सुरुमा, हमासका एक सल्लाहकारले समूहले अझै पनि प्रस्तावको अध्ययन गरिरहेको बताएका थिए। 

हमासका सञ्चार सल्लाहकार ताहिर अल-नोनोले भने, “हमास इजरायलको गाजामा सैन्य अभियान अन्त्य गर्ने कुनै पनि प्रस्तावका लागि खुला छ। 

तर, हमास इजरायलले पहिलो चरण (६० दिनको) पछि युद्धविराम सम्झौताको दोस्रो चरणमा जाने प्रतिबद्धता जनाओस् भन्ने प्रत्याभूती चाहन्छ।” 

यसले गाजामा युद्ध रोक्ने दिशामा सकारात्मक संकेत देखाएको छ।

प्रतिक्रिया