अमेरिकाको म्यासाचुसेट्स राज्यको एक चलचित्र मन्दिरमा बालिका सहित ४ जना युवतीहरुलाई छुरा प्रहार, संदिग्ध पक्राउ

इनेप्लिज २०८१ जेठ १३ गते २१:५४ मा प्रकाशित

अमेरिकाको म्यासाचुसेट्स राज्यको एक चलचित्र मन्दिरमा ४ जनालाई छुरा प्रहार गरिएको छ भने संदिग्ध पक्राउ परेको प्रहरीले जनाएको छ ।

चारजना युवतीहरुलाई छुरा प्रहार गरिएको तर उनीहरुको ज्यान जाने खतरा नभएको प्रहरीले बताएको छ ।

म्यासाचुसेट्सको ब्रेन्ट्रीमा रहेको चलचित्र थिएटर(मन्दिर)मा बालिका सहित चार जना युवतीलाई छुरा प्रहार गरेको आरोपमा एक व्यक्तिलाई हिरासतमा राखिएको ब्रेन्ट्री प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बेलुका ६ बजे शनिबार साँझ एक व्यक्ति एएमसि ब्रेनट्री प्रवेश गरेको गरे ।

प्रहरीको बयान अनुसार चलचित्र मन्दिर भित्र संदिग्धले ९ देखि १७ वर्षका उमेरका चार बालिका सहित युवतीहरूलाई छुरा प्रहार गरे । यो आक्रमण बिना उत्तेजित र चेतावनी बिना भएको देखिन्छ ,प्रहरीले भने । घाइते भए पछि उपचारको लागि बोस्टन अस्पतालमा लगिएको थियो।

संदिग्धले कथित रूपमा कालो गाडीमा घटनास्थलबाट फरार भए तर प्रहरीले श्रब्यदृश्य (भिडियो )तथा सवारी साधनको दर्ता संख्या आदीबाट संदिग्धको पत्ता लगाए ।

त्यसको केही समय पछि प्रहरी त्यस्तै गाडीको रङ्ग मिल्ने अधिकारीहरूले पत्ता लगाए । संदिग्धको विवरणसँग मिल्ने गाडी प्लाइमाउथ म्यासाचुसेट्समा फेला पारियो र त्यहाँ फेरी आक्रमण गरेको सूचना पाए ।

लगभग ७:०४ मा संदिग्ध व्यक्तिले कथित रूपमा दुई अन्य व्यक्तिलाई छुरा प्रहार गरे । त्यहाँ उनले एक २१ वर्षीया महिला र एक २९ वर्षीय पुरुषलाई प्लाइमाउथको म्याकडोनाल्डमा छुरा प्रहार गरेका थिए । दुबै जनाको अवस्था खतरा मुक्त भएको तर उनीहरुलाई क्षेत्रीय अस्पतालहरूमा लागिएको म्यासाचुसेट्स राज्य प्रहरीले जनाएको छ ।

म्यासाचुसेट्स राज्य प्रहरीले संदिग्धलाई पीछा गर्दा संदिग्ध स्यान्डविच म्यासाचुसेट्स मा दुर्घटनाग्रस्त भए र उनलाई हिरासतमा लिइएको छ ।

प्रतिक्रिया