अमेरिकाको पेन्सिल्भेनिया गिर्जाघर(चर्च)मा पादरीलाई गोली हान्न खोज्ने व्यक्तिको घरमा शव फेला

इनेप्लिज २०८१ वैशाख २४ गते ११:११ मा प्रकाशित

अमेरिकाको पेन्सिल्भेनिया राज्यको एक गिर्जाघर(चर्च)मा पादरीलाई गोली हान्न खोज्ने व्यक्तिको घरमा शव फेला परेको प्रहरीले जनाएको छ ।

घटना आइतबार पेन्सिल्भेनियाको नर्थ ब्राडकको एउटा गिर्जाघर (चर्च)मा भएको हो।

पेन्सिल्भेनियामा एउटा चर्च सेवा आइतवार डरलाग्दो घटना हुन् बाट जोगिएको छ । एबिसीन्यूजका अनुसार एक व्यक्तिले पादरी (पास्टर)लाई बन्दुक ताक्यो र उनको प्रवचनमा गोली हान्ने प्रयास गरेका थिए ।

एलेगेनी काउन्टीका अधिकारीहरूका आनुसार उनीहरूले आरोपीको घरमा शव फेला पारेको बताए ।

पहिलो प्रतिक्रियाकर्ताहरूले निवासमा एक वयस्क पुरुष पीडित मृत फेला पारेको एलेगेनी काउन्टी प्रहरी विभागले एक विज्ञप्तिमा जनाएको छ । जासुसकर्ताहरूले अनुसन्धान सुरु गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

पेन्सिलभेनियाको नर्थ ब्राडकमा रहेको गिर्जाघरमा दिउँसो १:०० बजे भएको थियो।

प्रहरीका अनुसार २६ वर्षीय बर्नार्ड जुनियर पोलाइटलाई प्रहरीले पहिचान गरेको संदिग्ध बन्दुकधारीले गिर्जाघरमा प्रवेश गरी पादरी ग्लेन जर्मनीलाई प्रत्यक्ष प्रवचन दिइरहेका बेला गोली हान्ने प्रयास गरेको प्रहरीले जनाएको छ।

संदिग्ध गोली हान्नबाट चुके अर्थात् गोली हान्न विफल भए । त्यहाँ रहेका मण्डलीका सदस्य र पादरी कसैलाई हानि पुर्‍याउनु अघि उक्त व्यक्तिलाई पक्राउ गरि निशस्त्र गर्न सक्षम भएको प्रहरीले बताएको छ ।

“म भगवानलाई धन्यवाद दिन्छु ,म अझै पनि यहाँ छु ,उनको गोली चलेन ,” जर्मनीले एबीसी न्यूजसँग सम्बद्ध डब्लुटीएई लाई भने

पेन्सिल्भेनिया राज्य प्रहरी टोली घटनास्थलमा आइपुग्दा संदिग्धलाई गिर्जाघरमा राखिएको थियो। मुद्धा दायर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया