अमेरिकाको विस्कनसिन राज्यमा आठौं कक्षाका विद्यार्थीले महिला चालकले होश गुमाएपछि बिद्यालय गाडी दुर्घटना हुनबाट बचाए

इनेप्लिज २०८१ वैशाख २३ गते २१:५३ मा प्रकाशित

अमेरिकाको विस्कनसिन राज्यमा आठौं कक्षाका विद्यार्थीले महिला चालकले होश गुमाएपछि बिद्यालय बस (गाडी )दुर्घटना हुनबाट बचाएका छन् ।

विस्कन्सिनको ग्लेनडेलको ग्लेन हिल्स मिडल स्कूल( माध्यमिक माध्यमिक)मा आठौं कक्षामा अध्ययनरत एसी हल्यान्ड तृतीयले गत अप्रिलको अन्त्यमा दुर्घटना हुन् बाट बचाए।

बसको बीचमा रहेको आफ्नो सिट(आसन)बाट बिद्यार्थी हल्याण्डले चालक अलिकति बिरामी वा थकित देखिएको अनुभुती गरे । महिला चालकको टाउको झुकेको र जुन सडकमा जानु पर्ने त्यो उनले छुटेको थाहा पाए र केही गडबड भएको बुझे ।

चालकले कुना गाडी मोडिन् र जहाँ हामी सामान्यतया खोल्छौं ,हल्याण्डले सीएनएनलाई भने।

बिद्यार्थी चालक जाँच गर्न बसको अगाडि गए, तर महिला चालकले जवाफ दिईनन उनले भने। उनीले अस्थायी रूपमा होश गुमाएकी थिइन् । सडकमा गाडीहरु आई रहेका थिए र गाडी चलि रहेको थियो । हल्याण्डले ब्रेक (गतिरोधक यन्त्र )मा खुट्टा बढाए र सुरक्षित रुपमा गाडी रोके ।

“म साँच्चै डराईन ,म बस रोक्न खोज्दै थिएँ,” उनले भने। बिद्यालयको गाडी रोकेपछि हल्याण्डले ९११ प्रहरी र उनकी हजुरआमालाई सम्पर्क गरे । उनले गाडीमा रहेका अन्य १३-१५ विद्यार्थीलाई पनि आफ्नो परिवारलाई बोलाउन निर्देशन दिए ।

ग्लेन हिल्स मिडिल स्कूलका प्राचार्य (माध्यमिक बिधालयका प्रिन्सिपल )अन्ना यंगले परिवारहरूलाई टिप्पणी गर्दै उनि प्रति गर्व गरेको बताईन ।

हामी कृतज्ञ छौं । हाम्रा सबै ग्लेन हिल्सका विद्यार्थीहरू सुरक्षित छन् । चालकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं, उनले भनिन ।

अन्ततः, चालकको फेरि होश आयो । र ,विद्यार्थीहरूलाई सुरक्षित घर लैजान अर्को चालक पठायो।

घटना पछि यस हप्ताको सुरुमा संचालक समिति बैठकमा हल्यान्डले नगर प्रमुख तथा नगर परिषदबाट सम्मान प्राप्त गरे । ग्लेन्डेल प्रहरी विभाग र मिलवाकी अग्नि नियन्त्रण बिभागले उनको वीरताको प्रशंसा गरे।

हल्याण्डलाई सवारीसाधनको बारेमा केही ज्ञान थियो । उनी सानैदेखि उनले आफ्नो बुबा एक प्रमाणित गाडी मर्मत तथा बनाउने प्राविधिक हुन् (अटो टेक्निसियन) भने उनि बुवा संग काम गर्दै आएका थिए ।

प्रतिक्रिया