अमेरिकाको एरिजोनामा ६ वर्षीय छोरालाई कोठामा थुनेर खाना न्यून दिएको कारण कुपोषण भै मृत्यु भएकोमा बाबु हत्याको दोषी ठहरिए

इनेप्लिज २०८१ जेठ ११ गते १:२६ मा प्रकाशित

अमेरिकाको एरिजोना राज्यमा ६ वर्षीय छोरालाई कोठामा थुनेर खाना न्यून दिएको कारण कुपोषण भै मृत्यु भएकोमा बाबुलाई प्रथम श्रेणीको हत्यामा दोषी ठहर गरिएको छ ।

एबिसीन्यूजका अनुसार उत्तरी एरिजोनाका एक व्यक्तिलाई बिहीबार प्रथम श्रेणीको हत्या र अन्य अपराधमा २०२० मा आफ्नो ६ वर्षीय छोराको भोकमरी(स्टार भेसन )को कारण मृत्यु भएको ठहर गर्दै उनलाई दोषी ठहर गरिएको छ।

प्रहरी अधिकारीहरूका अनुसार देशौन मार्टिनेज नामका बालकलाई आफ्ना आमाबाबु सुतिरहेको बेला राती घरमा खाना चोरेको सजायको रूपमा आफ्नो जेठो दाजुसँग एक महिना भन्दा बढी दिनमा १६ घण्टाको लागि सानो सुत्ने कक्ष भित्रको सानो कोठा(क्लोजेट) बन्द गरिएको थियो।

कोकोनिनो काउन्टी उच्च अदालतको निर्णायक मण्डल (जूरी)ले बालकको मृत्युमा २८ वर्षीय एन्थोनी मार्टिनेजलाई दोषी पाए। मार्टिनेजलाई बाल दुर्व्यवहार, अपहरण र कानून प्रवर्तन अधिकारीहरूमाथि आक्रमणको प्रत्येक दुईवटा मुद्दामा दोषी ठहर गरिएको थियो। सजाय २८ जुन को लागि तोकिएको छ।

शव परीक्षणमा बालकको तौल केवल १८ पाउण्ड (८.१ किलोग्राम) थियो। जुन उमेरको भन्दा औसत भन्दा न्यून पाइएको थियो । बिहीबार यो मुद्दामा दोस्रो सजाय हो। बालककी आमाएलिजाबेथ आर्किबेकले प्रथम श्रेणी हत्या र बाल दुर्व्यवहारको लागि दोषी स्वीकार गरिन् । जुलाई २०२३ मा आजीवन कारागार सजाय सुनाइको थियो ।

प्रहरीका अनुसार देशौन मार्टिनेज र उनका तत्कालीन ७ वर्षीय दाईलाई बेलुका ८ बजेदेखि कोठामा राखिएको थियो। एक महिनाको लागि दैनिक दिउँसोसम्म सीमित खाना र विद्यालय जानबाट रोकिएको थियो।

दाजु बाँचे तर उनलाई अस्पताल लगिएको थियो । जहाँ उनी झण्डै तीन हप्ताको उपचारपछि निको भएका थिए ।

प्रतिक्रिया