टेक्सस बाढीबाट मृत्यु हुनेको सख्या १४ बालिकासहित ३२ पुग्यो , अझै दर्जनौ बालबालिका बेपत्ता र खोजी कार्य जारी

इनेप्लिज २०८२ असार २१ गते २१:१७ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको हिल कन्ट्री अर्थातटेक्ससको पहाडी क्षेत्रमा गत शुक्रबार बिहान आएको भीषण बाढीले एक बालिका शिविरसहित दर्जनौं मानिस बगाउँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । एपिका अनुसार जसमा १४ जना मात्र बालिकाहरू परेका छन्।

शनिबार उद्धारकर्मीहरूले भत्किएका रूखहरू र ढुंगामुनि खोजी गर्दै हराइरहेका क्याम्प मिस्टिकका २७ बालिकासहित धेरैलाई खोजी जारी राखेका छन्।

क्याम्प मिस्टिक एक इसाई बालिका ग्रीष्मकालीन शिविर हो जुन नदी किनारमा अवस्थित छ। ४५ मिनेटमै नदीको पानी २६ फिट (८ मिटर) माथि पुग्दा घर र सवारीसाधनहरू बगाएको थियो। बाढीको ३६ घण्टापछि पनि अधिकारीहरूले अझै हराइरहेका मानिसहरूको कुल संख्या खुलाएका छैनन्।

शनिबार पनि लगातार भारी वर्षा भइरहेकाले अझै बाढीको खतरा टरिसकेको छैन। सान एन्टोनियो बाहिरका समुदायहरूमा फ्ल्यास फ्लड (आकस्मिक बाढी)को चेतावनी जारी छ।

उद्धारकर्मीहरूले उदग्रविमान(हेलिकप्टर), डुङ्गा र मानव रहित यानको  सहायता लिएर हराएकाहरूको खोजी र रुख वा टापुहरूमा अलपत्र परेकाहरूको उद्धार गरिरहेका छन्।

टेक्ससका आपतकालीन व्यवस्थापन विभागका प्रमुख निम किडले भने, “हामी हराएकाहरू सबै फेला नपरेसम्म रोकिने छैनौं।”

केर काउन्टीका शेरिफ लेरी लेथा अनुसार हालसम्म ३२ जनाको शव फेला परेको छ जस्मा १८ जना वयस्क र १४ जना बालबालिका रहेका छन्।

प्रतिक्रिया