अमेरिकाको क्यालिफोर्निया राज्यको एक माध्यमिक बिद्यालयको स्नातक समारोह( दिक्षान्त समारोह )मा २ जनामाथि गोली प्रहार गरिएको छ
घाइते दुई जनाको अवस्था अहिले स्थिर रहेको छ प्रहरीएल जनाएको छ । प्रहरीका अनुसार क्यालिफोर्नियामा माध्यमिक बिद्यालय (हाईस्कूल ग्राजुएसन)का क्रममा दुई वयस्कहरुमा एक पुरुष र एक महिलालाई गोली हानिएको छ ।
घटना लगभग ७:४५ बजे भएको थियो। क्यालिफोर्निया ओकल्यान्डको स्काइलाइन हाई स्कूल(माध्यमिक बिद्यालय)को परिसरको उत्तरी भागमा स्नातक समारोह
चलिरहेको बेला गोली हानिएको ओकल्याण्ड प्रहरी विभागको एक बिज्ञप्तिमा जनाएको छ । गोली प्रहारबाट घाइते भएका दुई जनालाई स्थानीय अस्पतालमा लगिएको छ भने उनीहरुको अवस्था स्थिर रहेको बताइएको छ ।
अधिकारीहरूले गोलीबारी अघि विवाद भएको सम्बन्धी अनुसन्धान गरिरहेका छन् तर अहिलेसम्म विवादको कारण बारे खुलासा गरेका छैनन्।
प्रहरीले हालसम्म संलग्न हुन सक्ने शंकास्पदहरूको पहिचान खुलाएको छैन। घटनालगत्तै स्काइलाइन माध्यमिक बिद्यालय (हाईस्कुल)लाई तालाबन्दीमा राखिएको थियो तर घटना भएको केही समयपछि नै हटाइएको थियो ।
प्रतिक्रिया