अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो सुन्दर बिधेयक अर्थात् वान बिग ब्युटीफूल बिल सिनेटबाट अगाडि बढेपछि आफ्नो सामाजिक सञ्जालमार्फत ऐतिहासिक विजयको घोषणा गरेका छन्।
यस विधेयकलाई समर्थन गर्ने रिपब्लिकन सिनेटरहरू रिक स्कट, माइक ली, रोन जोनसन र सिन्थिया लुमिस प्रति ट्रम्पले विशेष धन्यवाद व्यक्त गरेका छन्।
“आज राति हामीले सिनेटमा ठूलो सुन्दर बिधेयक बिजयी भएको देख्यौ । यी चारजना महान् रिपब्लिकन नेता र अरू सबै देशभक्त सांसदहरूको कारण सम्भव भयो,” ट्रम्पले लेखे।
ट्रम्पले अगाडी लेखे, “यी सबै नेता साँचो अर्थमा हाम्रो देशलाई माया गर्ने व्यक्ति हुन्।” दोस्रो प्रकाशनमा ट्रम्पले भने, “म रिपब्लिकन दल प्रति आज रात अत्यन्तै गर्वित छु। भगवानले तपाईहरू सबैलाई आशीर्वाद दिऊन् “
शनिबार राति एउटा अघिल्लो प्रकाशनमा उनले रिपब्लिकनहरूलाई एकतामा बस्न आह्वान गरेका थिए। उनले केही अहंकारी प्रदर्शनकारीहरू प्रति असन्तुष्टि जनाउँदै भने, “डेमोक्र्याटहरू एकजुट छन्, जबकि हामीले पनि मेक अमेरिका ग्रेट अगेन ( हाम्रो देशलाई पुन महान बनाऔ )को लक्ष्यका लागि एक भएर लड्नुपर्छ।”
उनले जोड दिदै लेखे , “डेमोक्र्याटहरू गलत भए पनि सधैं एउटै स्वरमा बोल्छन्। हामी पनि अब त्यही अनुशासन अपनाउनु पर्छ।”
प्रतिक्रिया