चीनमा रोबोटको भकुण्डो प्रतियोगिता गराईएको छ । राजधानी बेइजिङमा गत शनिबार राति सम्पन्न एउटा अनौठो भकुण्डो (फुटबल )प्रतियोगितामा चीनका मानव खेलाडी भन्दा रोबोट खेलाडीले बढी चर्चा बटुलेका छन्।
चारवटा विश्वविद्यालयको मानव-जस्ता रोबोट टोलीले कृत्रिम बुद्धिमत्तामा आधारित स्वतन्त्र रणनीति सहित ३–३ को भकुण्डो खेल खेले, जुन चीनमै पहिलोपटक भएको दाबी गरिएको छ।
खेलमा सहभागी सबै रोबोट पूर्णतः स्वायत्त थिए । उनीहरुले मानवको कुनै नियन्त्रणबिना खेल खेले । तिनीहरूले एआई-सञ्चालित दृष्टि प्रणाली प्रयोग गरेर भकुण्डो पत्ता लगाए । मैदानमा दौडिए, ढलेपछि आफैं उठ्न समेत सक्ने गरी ढाचा गरिएको थियो। यद्यपि केही रोबोटहरू मैदानमै ढलेपछि बाहक खाट(स्टेचर)मा निकालिएको एपीले जनाएको छ ।
बुस्टर रोबोटिक्सका संस्थापक चेंग हाओका अनुसार यस्ता खेलहरू कृतिम बुद्धिमत्तार रोबोट प्रविधि परीक्षणका लागि उत्कृष्ट प्रयोगशाला हुन्। भविष्यमा रोबोट र मानवबीच मैत्रीपूर्ण खेल सम्भव हुने र त्यहाँ सुरक्षा अत्यावश्यक हुने चेंगले बताए ।
सबै विश्वविद्यालय टोलीले आफ्नै कृतिम बुद्धिमत्ता (एआई) रणनीति, भकुण्डो आदान–प्रदान गर्ने तरिका (पासिङ प्रणाली )र खेल संरचना विकास गरेका थिए ।
एपीका अनुसार चीनको पुरुष राष्ट्रिय टोलीले विश्व भकुण्डो प्रतियोगितामा हालसम्म एकपटक मात्र सहभागिता जनाएको छ, र आगामी २०२६ को प्रतियोगिताबाट पहिले नै बाहिरिसकेको छ।
प्रतिक्रिया