ट्रम्पको कार्यसूची विरुद्ध मतदान गरेपछि सिनेटर टिलिसद्वारा पुनः उम्मेदवारी नदिने घोषणा

इनेप्लिज २०८२ असार १५ गते १८:१९ मा प्रकाशित

अमेरिकी सिनेटर थम टिलिसले अर्को वर्ष पुनः चुनाव नलड्ने घोषणा गरेका छन् । यो घोषणा उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको बृहत् कार्यसूची (एजेन्डा विधेयक)को विरुद्धमा मतदान गरेको एक दिनपछि आएको हो । नर्थ क्यारोलाइनाका रिपब्लिकन सिनेटर टिलिसले आइतबार आफ्नो निर्णय सार्वजनिक गरेका हुन्।

टिलिस ट्रम्पको महत्वाकांक्षी विधेयकलाई अगाडि बढाउन मतदान नगर्ने दुई रिपब्लिकन सिनेटरमध्ये एक थिए । उनले मेडिकेड अर्थात् गरिब तथा न्यून आय भएकाहरूका लागि सरकारी स्वास्थ्य बीमा कार्यक्रममा गरिने कटौतीले आफ्ना मतदाताहरूमा पार्ने प्रभावबारे चिन्ता व्यक्त गरेका थिए । यसै विषयलाई लिएर ट्रम्पले शनिबार टिलिसको सिटमा अर्को प्राथमिक प्रतिस्पर्धीलाई समर्थन गर्ने चेतावनी दिएका थिए।

टिलिसले आफ्नो विज्ञप्तिमा यो निर्णय “कठिन छनौट” नभएको र परिवारसँग नजिक हुन चाहेको बताएका छन् । उनले भने, “म अब राजनीतिक नाटक र वाशिंगटनको पक्षपातपूर्ण गतिरोधबाट मुक्त भएर नर्थ क्यारोलाइनाका महान् जनताको लागि आफ्नो क्षमताले भ्याएसम्म काम गर्न उत्सुक छु।”

नर्थ क्यारोलाइना एक महत्वपूर्ण युद्धभूमि (ब्याटल ग्राउंड )राज्य हो, र सिनेटमा रिपब्लिकनहरूको झिनो बहुमत कायम राख्न टिलिसको यो सिट महत्त्वपूर्ण हुनेछ। उनको यस निर्णयले आगामी निर्वाचनमा यस सिटमा ठूलो राजनीतिक प्रतिस्पर्धा हुने संकेत दिएको छ।

प्रतिक्रिया