ट्रम्पद्वारा भारतीय मूलकी पूर्व राष्ट्रपतिकी उम्मेदवार हेलीलाई दिए पहिलो टिप्पणी ,टोलीमा संलग्न हुन् सुझाव र प्रशंसा

इनेप्लिज २०८१ जेठ ११ गते १०:४१ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय मूलकी पूर्व राष्ट्रपतिकी उम्मेदवार निक्की हेलीलाई जवाफ दिदै टोलीमा संलग्न हुन् सुझाव दिएका छन् । र ,उनको प्रशंसा समेत गरेका छन् ।

हेलीले पूर्व राष्ट्रपति ट्रम्पलाई आगामी नोभेम्बर ५ ,२०२४ का दिन हुने राष्ट्रपतिको चुनावमा उनलाई मतदान गर्ने भन्दै सार्वजनिक गरे पछि उनले त्यसको प्रतिउत्तर दिएका हुन् ।

ट्रम्पले गत बिहीबार स्थानीय संचारमाध्यमलाई उनले भने ,म हेलीको यस कुरामा म प्रशंसा गर्छु ।

ट्रम्पले रिपब्लिकनका राष्ट्रपति पदका पूर्व उम्मेद्वार हेलीको बारेमा आफ्नो पहिलो सार्वजनिक टिप्पणी गरेका हुन् । ट्रम्पले गत बिहीबार आयोजना गरिएको जुलुस (र्‍याली) पछि लङ आइल्याण्डको संचार माध्यम न्युज १२ लाई उनको टिप्पणीको बारेमा सोध्दा त्यसो भनेका हुन् ।

त्यसपछि ट्रम्पले हेलीलाई आफ्नो “टोली” मा स्थान हुन सक्ने सुझाव दिए र उनलाई “सक्षम व्यक्ति” भएको बताए।

ट्रम्पले अगाडी भने उनी एक धेरै सक्षम व्यक्ति हुन्, र म पक्का छु कि उनी कुनै न कुनै रूपमा हाम्रो टोलीमा हुनेछिन्। “

प्रतिक्रिया