रुसमा प्रेमिका भेट्न गएका अमेरिकी सैनिकलाई चोरी गरेको आरोपमा हिरासत समय थप माथि थप गरिदै

इनेप्लिज २०८१ जेठ ११ गते २३:०८ मा प्रकाशित

रुसमा प्रेमिका भेट्न गएका अमेरिकी सैनिकलाई चोरी गरेको आरोपमा हिरासत समय थप माथि थप गरिएको छ ।

रुसको सुदूर पूर्वी शहर भ्लादिभोस्तोकमा चोरी गरेको आरोपमा पक्राउ परेका एक अमेरिकी सैनिकले आफ्नो हिरासत विरुद्धको अपील गुमाएका र हिरासतमा नै रहने रुसी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी सैनिकले आफ्नो हिरासत विरुद्धको अपील हारे र हिरासतमा नै रहने रुसी राज्य समाचार सँस्था रिया नोवोस्तीले अदालतका अधिकारीहरूलाई उद्धृत गर्दै शुक्रबार समाचार सम्प्रेषण गरेको छ।

गोर्डन ब्लाक नामक अमेरिकी सैनिकलाई कम्तिमा जुलाई २ सम्म हिरासतमा राखिने भनिएको छ । यी हिरासतमा रहेका ३४ बर्षिय सैनिक अनुमति नलिई प्रेमिका भेट्न रुस पुगेका थिए । उनि कोरियाबाट टेक्सस आउनु पर्ने व्यक्ति प्रेममा डुबेका सैनिक रुस पुगे पछि उनलाई चोरीको आरोप लगाईएको छ ।

उनलाई रुसको सुदूर पूर्वको प्रमुख सैन्य र व्यापारिक प्यासिफिक बन्दरगाह भ्लादिभोस्तोकमा हिरासतमा राखिएको छ । रिया नोवोस्तीले स्थानीय प्रहरीलाई उद्धृत गर्दै ब्लाकले अपराध स्वीकार गरेको र अनुसन्धानकर्तालाई सहयोग गरिरहेको बताएको छ । ब्लाकको गिरफ्तारीले रूससँगको अमेरिकी सम्बन्धलाई थप जटिल बनाएको छ भने उता युक्रेनमा युद्ध चर्किँदै जाँदा झन्झन् तनावपूर्ण बन्दै गएको छ।

रुसले पल व्हेलन र वाल स्ट्रीट जर्नलका पत्रकार इभान गेर्शकोविच लगायत धेरै अमेरिकीहरूलाई आफ्नो कारागारमा राखेको छ ।

अमेरिकी सरकारले दुवैलाई गलत तरिकाले हिरासतमा राखेको र उनीहरुको रिहाइको लागि वार्ता गर्ने प्रयास गरिरहेको छ ।

एबिसीन्यूजका अनुसार हिरासतमा रहेका अरूहरूमा ट्राभिस लीक, संगीतकार, जो वर्षौंदेखि रूसमा बस्दै आएका थिए र उनलाई गत वर्ष लागुऔषधको आरोपमा पक्राउ परेका थिए। मस्कोका एक शिक्षक मार्क फोगेल जसलाई लागुऔषधको आरोपमा १४ वर्षको कारागार सजाय सुनाइएको थियो।

प्रतिक्रिया