तिम्रो दिल भित्रको कुरा………….

इनेप्लिज २०८० चैत २९ गते १०:३६ मा प्रकाशित

तिम्रो दिल भित्रको कुरा थाहा पाई सके

रसिला ती आँखामा रहेको सत्यता चिने

मेरो लागि मायाको मूल फुटाउने मायालुको कुरा गरौँ

साथी सँगी सँग गएको समय याद गरौँ

स्वर्ग कि रानी प्रियसिलाई हेरेर बसौला

अन्तिम पटक तिम्रो मुखमा हेरेर जाउला

यो पृथ्वी ,आकाश रहुन्जेल साथ दिउला

आशु झरेछन् आँखाबाट सम्झनामा आउँदा

यो जीवनको कथा छ जीवनको यात्रा लामो छ

सपनी देखे मैले साथमा जिवन यात्रा गर्नु छ

बादल भित्र मायाको देशमा हाँसेर बाच्नु छ

जता जहाँ बसे पनि मायालुको पियार छ

फूल फुली वातावरण रमाइलो भएको छ

खोला नदी सुसाउँदा मनमा आनन्द आउँछ

तिम्रो दिल भित्रको कुरा थाहा पाई सके

रसिला ती आँखामा रहेको सत्यता चिने

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया