अमेरिकाको मनाससमा बिस्का जात्रा भव्यताका साथ सम्पन्न(बिशेष आकर्षित तस्बिरहरु सहित )

इनेप्लिज २०८१ वैशाख ९ गते १५:४९ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरमा गत अप्रिल २० का शनिबारका दिन भब्य रुपमा तेस्रो बिस्का जात्रा मनाइएको छ । जात्रा ल्याम्ह अमेरिका गुठीले आयोजना गरेको उक्त कार्यक्रम मनासस शहरको स्प्लाश डाउन वाटर पार्क(उद्यान)मा गरिएको थियो ।

जात्रा सुरु गर्नु अगाडी प्रारम्भमा गणेश देउतालाई पूजा गरिएको थियो । त्यस पछि बिबिध संस्कृति झल्काउने प्रकारका बालबालिकाका नेवारी लगायत विविध संस्कृति झल्कने प्रकारका बिभिन्न जातजातिकाका गीत तथा नृत्यहरु प्रस्तुति गरिएको थियो ।

ल्याम्ह अमेरिका गुठीका सभापति पुष्कार प्रजापतिले स्वागत मन्तब्य राख्नुको साथै तथा धन्यबाद ज्ञापन दिएका थिए । यसै गरि अतिथिको रुपमा कार्यकारी समिति सहित न्यूयोर्कबाट आएका नेवा नख : का अध्यक्ष नरेश मान शाक्य जात्रामा सहभागी हुनुको साथै मन्तब्य राखेका थिए ।

जात्रा ५:३० देखि सुरु र करिव डेढ घण्टा चलेको थियो । सिन्दुर जात्रामा सबैले रथ बोकेका थिए । उपस्थित सबैले बाजा गाजा सहित सिन्दुर यात्रा सहित परिक्रमा गरिएको थियो । ६०० सय जना भन्दा ज्यादा सहभागिता रहेको थियो ।

त्यहाँ विविध सांस्कृतिक कार्यक्रम पश्च्यात सम्मान पत्र समेत वितरण गरियो । सम्मान पत्र बितरण पछि जात्रा सुरु गरियो । सिन्दुर जात्रा ५:३० बजे प्रारम्भ भै करिव डेढ घण्टासम्म चलेको थियो ।

सिन्दुर जात्रा संगै भर्जिनियामै निर्माण गरेको रथ महिला तथा पुरुषहरुले पालै पालो सँग बोकेका थिए । त्यहाँ उपस्थित भएका अधिकांश नेवा समुदायले परम्परागत लुगाहरु लगाएका थिए । त्यहाँ अभिभावकहरुसंग आएका दोश्रो पुस्ताका बालबालिकाले समेत निकै मनोरंजन गरेका थिए ।

उक्त जात्रामा धिमे नृत्य ,कुमारी नृत्य ,सारंगी फ्युजन(मिश्रित) ,सांगीतिक प्रस्तुति , पारम्परिक नृत्य लगायत अन्य प्रस्तुति गरिएको थियो । साथै जात्रा उत्सवमा बालबालिकाको मनोरंजनको लागि मुखाकृति चित्रकला(फेस पेन्टिंग) कला तथा शिल्पकला तथा चित्रक्रिया (पेन्टिंग) लगायतको आयोजना गरिएको थियो ।

साथै सहभागी भएका र अतिथिहरुलाई समय बजी भोय आदिको प्रवन्ध गरिएको थियो ।

नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा ८ रात ९ दिनसम्म धुमधामसाथ भक्तपुरमा मनाइन्छ भने थिमिमा ३ दिन मनाइन्छ । जात्रा बिषेशत भक्तपुरमा तथा धापासि, तोखा र थिमिमा बार्षिक रूपमा मनाइने पर्व हो ।

स्थानीय भाषामा बिस्का भनिने यो जात्रालाई अहिले बिस्केट भनेर चिनिन्छ । विक्रम संवत्अनुसार सौर्यमासको आधारमा चल्ने बिस्का जात्रा बिःसीत (नागनागिन मर्यो) भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाउँदै आइएको छ ।

जात्राको ऐतिहासिक पक्षका सवालको सन्दर्भमा थिमिमा प्राप्त नेपाल संवत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा बिसिक शब्द उल्लेख भएको बताईएको छ ।

हाल विभिन्न हल्लाका भरमा उक्त लिंगोमा फहर्राने ‘बि’को अर्थ सर्प र ‘स्यात’को अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केट आदिको नामले जात्रा मनाइएको केही संस्कृतिविद् बताउँछन् ।

इतिहासकारहरु भने ‘बि’ को अर्थ भएको र पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्ष आगमनको प्रतीक बिस्का भएको बताउँछन् ।

तस्बिर कृतज्ञता : फोटो बैंक (राजिब श्रेष्ठ )

प्रतिक्रिया