भर्जिनिया अलेक्जान्ड्रियामा उबर ईट्स चालकको दुई पाङ्ग्रे सवारी साधन चोर्ने एक व्यक्तिलाई ८ वर्षको कारागार सजाय

इनेप्लिज २०८१ वैशाख १४ गते ११:२९ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको अलेक्जान्ड्रिया शहरमा उबर ईट्स चालकको दुई पाङ्ग्रे सवारी साधन चोर्ने एक व्यक्तिलाई ८ वर्षको कारागार सजाय सुनाईएको छ ।

अलेक्जान्ड्रियाका उक्त व्यक्तिलाई उबर चालकको स्कुटर (अर्थात् स्वचालित दुई पाङ्ग्रे)जबर्जस्ती बलपूर्वक चोरी गरि लागेको आरोपमा सजाय सुनाईएको हो ।

गत जुलाई २०२३ मा उसको घुम्तीयन्त्र (फोन ) चोरेको सहित आरोपमा आठ वर्षको जेल सजाय सुनाइएको डिसी अमरिकी वकिलको कार्यालयले जनाएको छ।

अदालतको प्रमाण अनुसार अलेक्जान्ड्रियाका २७ वर्षीय डक्वान स्किपर र अर्को व्यक्तिले जुलाई २९ , २०२३ मा उत्तरपूर्वी मेरील्याण्ड एभिन्यूको १५०० घर समूहमा पिज्जा हटको बाहिर चालकलाई समातेका थिए ।

प्रतिक्रिया