के मलाइ तिमी अनुमती दिन्छौ?

इनेप्लिज २०८१ वैशाख १ गते १०:४२ मा प्रकाशित

खगेन्द्र प्रसाद आचार्य

के मलाइ तिमी अनुमती दिन्छौ?
म तिमिलाइ जिन्दगीभरीसाथ दिन्छु ।
साथ दिन के अनुमती चाहिन्छ र?
के राधा कृस्णको पालोमा थियो र?

यो स्वचालित प्राकृतिक प्रक्रिया हो ।
कसैको अनुमती लिनु पर्छ र झुमा?
कसैसग कुरा गरेर दिल पढेर,
आँखा आँखाबाट बस्ने माया प्रेमको
अनुमती तिमीलाई किन चाहियो?

ठुला ठुला आँखा तानि तानी ,
टाढाबाट कर्के नजर बानी,
किन जिस्काउछौ मलाइ जानी जानी ?
तिमीलाई थाहा छ मेरो आनि बानी ।

कोहि कोहि मान्छे जिन्दगीमा ,
नजिक आएर यति खास हुन्छ?
जसलाइ पाउन धेरै मुस्किल हुन्छ।
उ नै खास बनेर दिलमा बसि दिन्छ।

न निकाल्न न छुटाउन सकिन्छ ।
दिल तडपिन्छ दिल दुख्छ पोल्छ,
के गरौ अब बिबस भए म?
तिमीसग अनुमती माग्नै पर्यो।

यो छोटो जिन्दगीको उतार चडाबमा,
इतिहास पढन जन्मिएको होइन म ।
इतिहास लेखाउन जन्मिएको म ।
किन टोकछ्यौ मलाइ छेड हानी हानी?

जो कोहि भाग्यमा हुनेको नाम,
निधारमा लेखेको हुन्छ रे?
भाग्यमा नहुनेको नाम झुमा!
मुटुमा लेखिएको हुन्छ रे ।
तिम्रो नाम निधार मुटु दुबै ठाउमा ,
दैबले पहिला नै लेखेका रहेछन।

आफ्नो अतीत भुल्ने मान्छे होइन म,
अतीत यो दिल दिमागमा राखेर,
नया इतिहास सृजना गर्नेलाइ,
यति छिटो भुली दियौ झुमा ?

जिन्दगीको सच्चाइ धेरै टाढा छ।
सच्चाइसम्म पुग्ने प्रयास गर,
सपनामा अल्झिएर सपनामा हराएर,
जिन्दगीको मुल बाटो भेटिदैन।

दुखाउ दुखाउ यो मन बेसरी दुखाउ,
प्रमाण खोज्छौ भने आउ अगाडि ,
दैबले कोरेको तिम्रो पुरानो चित्र,
देखाउछु निधार मुटु दुबै भित्र रुमा!

खगेन्द्र प्रसाद आचार्य
दुर्गा नगर बिकास समाज

प्रतिक्रिया