नयांबर्ष २०८१ उपलक्ष्यमा कोलोराडोमा शुभकामना सांस्कृतिक सांझ कार्यक्रम आयोजना हुदै

नातिबाबु भट्ट नातिबाबु भट्ट नातिबाबु भट्ट नातिबाबु भट्ट नातिबाबु भट्ट नातिबाबु भट्ट २०८० चैत १९ गते ०:०५ मा प्रकाशित

मार्च ३१ २०२४
कोलोराडो, अमेरीका

नेपाली नयांबर्ष २०८१ को उपलक्ष्यमा कोलोराडोमा शुभकामना सांस्कृतिक साँझ कार्यक्रम आयोजना गरिने भएको छ ।

कोलोराडो निवासी नेपाली भाषीहरूको साझा संस्था रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको आयोजना नेपाली नया वर्ष २०८१ को उपलक्ष्यमा नेपाली कला संस्कृतीको जगेर्ना गर्न तथा समाजमा सद्भाव कायम राख्न बिशेष शुभकामना आदान प्रदान तथा मनोरन्जनात्मक कार्यक्रम आयोजना गर्न लागिएको हो ।

शुभकामना सांझ कार्यक्रम आगामी अप्रिल १३, २०२४ शनिबारका सांझ ६ बजेदेखी राती ९.३० बजे सम्म नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजना हुन लागेको बताइएको छ । लोकप्रिय गायक रबि ओडको बिशेष अतित्थ्यतामा स्थानीय सुपरिचित तथा चर्चित कलाकारहरुको सहभागितामा बिशेष मनोरन्जनात्मक तथा शुभकामना साँझ कार्यक्रमको आयोजना गरिन लागिएको रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष अर्जुन बगालेले बताएका छन् ।

प्रवासमा नेपाली भाषा संस्कृतीको पहिचाहन गराउने यस्तो कार्यक्रममा कोलोराडोमा सकृय सबै संघ संस्थाका पदाधिकारी, गन्यमान्य, बुद्दीजिवी, ब्यवसायी, समाजसेवी, कलाकार, पत्रकार तथा नेपाली भाषी बा आमा दाजुभाइ, दिदीबहिनी सबैलाइ कार्यक्रममा उपस्थित भइ भब्य र सभ्य तरीकाबाट सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरिदिनु हुन अध्यक्ष बगालेले सबैजनामा हार्दिक अपिल गरेका छन् ।

त्यसैगरी बगालेले अप्रिल २१ तारिक आइतबार दिउसो १२ बजे देखी ३ बजे सम्म सधै झैं बोल्डर शहरमा आयोजना हुने नेपाल डे परेड कार्यकममा समेत सबैजना सहभागी भै दिनुहुन अनुरोध गरेका छन् ।

प्रतिक्रिया