मेरिल्याण्डमा एनपीपीएको सामूहिक “ईही” पूजा समारोह भव्यताको साथ सम्पन्न

इनेप्लिज २०८१ वैशाख ११ गते २२:२३ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा ३२ बर्ष अगाडी स्थापना भएको नेपा पासा पुचः अमेरिकाये (एनपीपीए)द्वारा आयोजित १४ औँ सामूहिक ईही पूजा भव्यताका साथ सम्पन्न भएको छ ।

सामूहिक ईही पूजा सन् २००६ मा पहिलो पटक सुरुवात गरिएको थियो । गत शनिबार अप्रिल २० का दिन सम्पन्न उक्त समारोह अहिले सम्म कै सबै भन्दा ठूलो सहभागिता रहेको थियो भने मन्दिर गत मार्चमा मात्र उद्घाटन भएको नयाँ भवनमा ईही पूजा गरिएको थियो । करिव ४०० जना जना भन्दा ज्यादाको सहभागिता रहेको थियो ।

भवन नयाँ भएता पनि परिसर पुरानै मै समारोह गरिएको थियो ।

कार्यक्रम बिहान ७ बजे देखि दिउसो ४ बजे सम्म चलेको थियो भने ईही सामूहिक पूजा लामो समय देखि वर्तमान प्रथम उपसभापति शान्ति श्रेष्ठले संयोजन गरेकी थिइन् । करिव ४० जना स्वयम् सेवकहरुले सेवा प्रदान गरेका थिए ।

मेरिल्याण्डको पोटोम्याक शहर स्थित हरे कृष्ण मन्दिर(स्कन) मा सम्पन्न भएको १४ औँ सामूहिक ईही पूजामा ३२ जना नेवा समुदायका कन्याहरुले सामूहिक ईही पूजा गरेका थिए ।

उक्त कार्यक्रममा डिसी महानगर क्षेत्र मेरिल्याण्ड ,भर्जिनिया र वाशिंगटन डिसी लगायत विभिन्न १० वटा अन्य राज्यहरु समेत ईही पूजाको लागि आफ्ना छोरीहरुलाई ल्याएका थिए ।

उक्त सामूहिक ईही समारोहमा अमेरिकामा जन्मेका बालिकाहरुलाई सामूहिक ईही पूजामा समाबेश गरिएको थियो । नेवा समुदायका पुरोहित राजेन्द्र राजोपाध्यायले ईही पूजामा गरिने सम्पूर्ण परम्परागत बिधी मन्त्रोचारणका साथ सम्पन्न गरेका थिए।

ईहीको अर्थ बेल बिबाह होईन: नेपाल भाषाको शब्द “ईही” को अर्थ समय हो । बेल फललाई नेपाल भाषामा “ब्या” भनिन्छ । हिन्दू धर्ममा “ब्या” फललाई भगवान शिवको प्रतिक मानिन्छ । ईही प्रकृयामा कन्यालाई भगवान बिष्णुको अवतार सुवर्ण कुमारको प्रतिक मानी सुनमा कुँदिएको बिष्णु भगवान वा कुनै स्वर्ण वस्तुलाई कन्यादान गरिन्छ ।

यस अवसरमा भगवान शिव रुपी “ब्या” फल साक्षीको रुपमा उपस्थिती रहन्छ ।

“नेवा समुदायमा बिधवा भन्ने नै छैन र हुदैन l कन्याले केवल सुवर्ण कुमार संग मात्र बिबाह गरेको हुन्छ l बिबाहमा भगवान शिवको प्रतिनिधित्व गरेको हुन्छ l सुवर्णले भगवान बिष्णु तथा नारायणको प्रतिनिधित्व गर्छ” ।

सँस्थाका वर्तमान अध्यक्ष मनोहर लाल श्रेष्ठ कार्यक्रममा उपस्थित भएका अतिथि ,सहभागी,आमन्त्रित समुदाय सदस्य ,कन्या तथा अभिभावकलाई स्वागत गरेका थिए ।

सँस्थाका संस्थापक अध्यक्ष तथा समाजसेवी राम मालाकारले प्रारम्भिक पूजा गरेका थिए । सबैले नेपाल भाषामा बेल फललाई “ब्या” ” भनिन्छ र यहि ब्या अपभ्रंश भएर बेल बिबाह भएको बताइन्छ । यस समारोहको लागि व्यक्ति परिवार तथा व्यवसायिक संस्थाहरुले पनि आर्थिक तथा भौतिक सहयोग गरेका थिए ।

तस्बिर कृतज्ञता :प्रविन ताम्राकार

प्रतिक्रिया