अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आउनु भएकी महिमा शाक्य डिसी महानगर क्षेत्रकी नेपाली समुदायकी सक्रिय, समर्पित तथा सम्मानित सदस्य हाल गम्भीर स्वास्थ्य समस्यासँग संघर्षरत हुनुहुन्छ। उहाँलाई स्टेज ४ फोक्सोको क्यान्सर भएको पुष्टि भएको छ, जुन मस्तिष्क र मेरुदण्डसम्म फैलिएको छ। यस जटिल अवस्थाका कारण २०२५ मे २७ मा उहाँको मस्तिष्कमा आपतकालीन शल्यक्रिया गरिएको थियो। हाल उहाँ अस्पतालमा उपचार, औषधि, फिजियोथेरापी तथा निरन्तर चिकित्सकीय निगरानीमा हुनुहुन्छ।
श्रीमती शाक्य, वरिष्ठ परम्परागत नृत्य निर्देशक यज्ञमान शाक्य गुरूज्यूकी जीवनसंगिनी हुनुहुन्छ। शाक्य दम्पती विगत १५ वर्षदेखि अमेरिका नेपाल परम्परागत बौद्ध धर्म संघ साथै डिसी महानगर क्षेत्रका विभिन्न नेपाली संस्थाहरूसँग आबद्ध रही संगीत, नृत्य, धार्मिक तथा सांस्कृतिक गतिविधिमा उल्लेखनीय योगदान दिँदै आउनुभएको छ।
उहाँहरूको योगदानले हाम्रो समुदायमा मौलिक संस्कृति र एकताको भावना मजबुत बनाएको छ। आज शाक्य परिवार उपचार खर्च व्यवस्थापनका लागि आर्थिक कठिनाइमा हुनुहुन्छ।
यस्तो कठिन घडीमा हामी यहाँहरु सबैलाई सक्दो आर्थिक सहयोग गरिदिन हुन र शीघ्र स्वास्थ्यलाभको कामना सहित यो सन्देशलाई शेयर गरि सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं ।
सहयोग गर्न यहाँ थिच्नु होला : https://www.gofundme.com/f/support-mahimas-fight-against-stage-4-cancer?attribution_id=s
प्रतिक्रिया