अमेरिकाको बिभिन्न राज्य तथा शहरहरुको भ्रमणमा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रिय सदस्य तथा सांसद डा तोशिमा कार्कीसँग डिसी महानगर क्षेत्रको भर्जिनियामा अन्तर्क्रिया गरिने भएको छ ।
आयोजक प्रवास नेपाली सम्पर्क समितिका अनुसार आगामी जुन २६ ,२०२५ बिहिबारका दिन डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको सेन्टरभिलमा अन्तर्क्रिया कार्यक्रम राखिएको छ ।
यो भन्दा अगाडी फेयरफ्याक्समा राखिएको थियो भने सहभागिता संख्यामा वृद्धि हुन सक्ने र पहिलेको स्थान केही सानो भएकोले अब हुने अन्तरक्रिया कार्यक्रम सेन्टरभिल शहरमा सारिएको हो । आयोजक प्रवास नेपाली सम्पर्क समितिले यस क्षेत्रमा बसोबास गर्नु हुने नेपाली समुदायलाई सहभागीको लागि आह्वान गरेको छ ।
कार्यक्रम बिहिबार साँझ ६ बजे सेन्टरभिल स्थित 5649 Mount Gilead Road ,Centerville, VA 20120 मा हुनेछ ।
प्रतिक्रिया