अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष मध्यपूर्व दूत स्टीव विट्कोफले इजरायल र अमेरिकाले इरानका परमाणु प्रतिष्ठानहरूमा गरेको हमलापछि अमेरिका र इरानबीच प्रत्यक्ष र मध्यस्थकर्तामार्फत वार्ता भइरहेको बताएका छन्। उनले फक्स न्यूजसँगको एक अन्तर्वार्तामा भने, “वार्ताहरू आशाजनक छन्। हामी आशावादी छौं।”
विट्कोफले थपे, “अब इरानीहरूसँग बसेर एक व्यापक शान्ति सम्झौता गर्ने समय आएको छ।”
उनले थप विवरण नदिए पनि सप्ताहन्तमा भएका अमेरिकी हवाई हमलाले आफ्नो उद्देश्य हासिल गरेको बताए। उनका अनुसार ती हमलाहरूले इरानको कुनै पनि हतियार-ग्रेड (शस्त्रिकरण योग्य )”युरेनियमलाई वास्तविक हतियारमा रूपान्तरण गर्ने क्षमतालाई पूर्ण रूपमा समाप्त पारेका छन् ।
र ,इरानको युरेनियमलाई त्यो बिन्दुसम्म समृद्ध बनाउने क्षमतालाई वर्षौं पछाडि धकेलेका छन्। तनावपछि मध्यपूर्वमा कूटनीतिक समाधानको सम्भावना बढेको छ भने वार्ताले यस क्षेत्रमा शान्ति र स्थिरता ल्याउन मद्दत गर्ने विश्वास गरिएको छ।
प्रतिक्रिया