इरानी र्‍यापर तुमाज सालेहीलाई विरोध प्रदर्शन गरेको भन्दै मृत्युदण्डको सजायको घोषणा

इनेप्लिज २०८१ वैशाख १३ गते १६:५३ मा प्रकाशित
Screenshot

इरानी र्‍यापर तुमाज सालेहीलाई विरोध प्रदर्शन गरेको भन्दै मृत्युदण्डको सजाय सुनाइएको छ । 

  सालेहीलाई २०२२ मा इरानमा व्यापक प्रदर्शनमा संलग्न भएको कारण मृत्युदण्ड दिइएको उनका वकिलले वताएका छन ।

“तूमाज सालेहीलाई मृत्युदण्डको आदेश जारी गरिएको छ,” सालेहीका वकिल अमिर रेसियानले बुधबार सामाजिक सॅजालमा सार्वजनिक गरेका छन ।

र्‍यापरलाई हिरासतमा राखिएको छ भने एकान्त कारागारमा राखिएको छ ।उनको गिरफ्तारी पछि यातना दिइएको सिएनएनले जनाएको छ ।

इरानी शासनको आलोचना गर्ने र र्‍याप गीत र सामाजिक सञ्जालमा सरकारको विरुद्धमा कडा शब्द बोल्ने ३२ वर्षीय सालेहीलाई प्रहरीले हिंसात्मक रूपमा पुन: पक्राउ गरी इस्फाहानको कारागार पठाउनुअघि गत वर्ष कारागारबाट केही समयका लागि रिहा गरिएको साक्षीहरूले बताए ।

प्रतिक्रिया