बतास आइ सक्यो मनमा……………..

इनेप्लिज २०८० चैत २ गते १०:३२ मा प्रकाशित

बतास आइ सक्यो मनमा कुन्नि के भयो

संसार कै राम्री हजुरको सम्झना आयो

भेट हुन्छ हाम्रो आशा मनमा छ

यी पहाड ,खोला , झरनाको सुन्दरताले मन छुन्छ

यो मेरो जिन्दगी केवल उनको लागि हो

मेरो मन भित्र छाएको खुसी उनकै देन हो

हेर्दा लाग्छ स्वर्ग कि अप्सरा हौ कि

यो मन , यो दिलमा खोजी बसौँ कि

यो मन किन चञ्चल छ

उनिलाई भेट्न मन छ

बतास आइ सक्यो मनमा कुन्नि के भयो

संसार कै राम्री हजुरको सम्झना आयो

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया