इलाममा रविको भाषण– राजीनामा झोलामा बोकेर हिँडेका छौँ, काम गर्न नपाए छोड्छौँ (भिडियो सहित)

इनेप्लिज २०८१ वैशाख ११ गते २२:२९ मा प्रकाशित

गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काम गर्न नसकेको खण्डमा सरकारमा टाँसिएर नबस्ने बताएका छन् । डेट मात्रै लेख्न मिल्ने गरी राजीनामा पत्र झोलामा बोकेर हिँडेको उनले खुलासा पनि गरे । जुको टाँसिएझैँ टाँसिने र प्रधानमन्त्रीले गलहत्त्याएर निकाल्नुपर्ने अवस्था रास्वपाको नआउनेमा पनि उनले दावी गरे ।

इलाम २ मा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले आफ्नो पार्टीका मन्त्रीहरूले १०० दिनमै उल्लेख्य उपलब्धि हासिल गर्ने पनि बताए । गृह मन्त्रालय अलि संवेदनशील भएकाले मन्त्रालयमा भइरहेका कामबारे आफुले बताउन नमिल्ने तर, नतिजा आएपछि सबैलाई थाहा हुने पनि बताए । आफ्नो पार्टीका उम्मेदवार मिलन लिम्बुविरुद्ध परिचालित मान्छेले अफवाह फैलाइरहेको लामिछानेले बताए । आफुहरुले त घण्टी मात्रै बजाएको तर बिरोधिरूको मनमा त ढ्यांग्रो बजेको भान भएको भन्दै आफुहरुले त चुनाव चिन्ह घण्टी होइन ढ्याङ्ग्रो नै राख्नुपर्ने रहेछ भनेर ब्यङ्ग गर्न समेत भ्याए ।

प्रतिक्रिया