दृष्टिकोण  – कथा

इनेप्लिज २०८१ वैशाख ११ गते २२:०० मा प्रकाशित

सानैदेखि घर,परिवार, समाज र आर्थिक भुमिका बुझेकीकी निरिमायाले श्रोह्र सत्रवर्षको उमेरदेखि व्यक्तिगत,पारिवारिक,सामाजिक र आर्थिक जिम्मेवारी समालिन् ।

किशोरावस्थाभित्रका अनेकौं चाहानाहरू विर्सेर,शिक्षा र जीविकोपार्जनको बाटो रोजेको देखेर सबै छक्क पर्थे ।निरमायासँग भएको लगनशीलता,दृष्टिकोण र सिकाइप्रतिको रुचि उनको उमेर भन्दा धेरै माथिल्लो उमेरका धेरै वयस्कसँग थिएन।

त्यहि फरकपनले होला,उनले एकैछिनको भेट्मा पनि अनेकौं तादाम्य मिलाउँदै अनेकौं सामाजिक ,पारिवारिक र व्यक्तिगत विषयहरू छलफल गराउने र तत्कालै निर्णयमा पुर्याउने कला निरमायामा थियोे ।

निरमायाले पारिवारिक जिम्मेवारी मात्रै होइन,अनेकौं पटक सामाजिक र आर्थिक जिम्मेवारीको बोध,व्यवस्थापन र कार्यनयनमा सबै ध्यान केन्द्रीकृत गर्दै छलफल गराएर सबैलाई कामसँग जोडेका सयौं घटना थिए ।

निरमायाले विद्यालयको शिक्षा पूरा गरेर उच्च शिक्षाको अध्ययनका लागि घर छोड्दा समाजले अनेकौं प्रश्न उब्जाएको थियोे ।ती प्रश्नहरू समाजको गर्भमै तुहिए ।

एउटै लाम्टो चुसेका भाइबहिनीको मात्रै होइन भदाभदैको उच्चशिक्षा र रोजगारीको व्यवस्थापनमा सकेसम्म निरिमायाले स्व-आर्जन प्रयोग गर्दै पारिवारिक जिम्मेवारी पूरा गरिन् ।

कृषकको परिवारसँग खेति निकालिएको नगदेवाली बेचविखन नगरेसम्म दुई पैसा पनि हात पर्दैन भन्ने बुझेकी निरमायाले शहरमा बसोबास गर्न थालेपछि रोजगारतिर लाग्ने निर्णय गरिसकेकी थिइन । रोजगारीकै कारण प्रत्येक महिना हातमा पैसा पर्थ्यो। घरपरिवारको सदस्य बाहेक आफ्नु साथमा रहेका अनेकौं भाइसाथीहरूलाई सहयोग गर्ने निरमायाले घरकालाई नगर्ने कुरै भएन ।

मानिसकोज्ञानको परिक्षण गर्ने भन्ने सन्दर्भ पनि पारिवारिक,सामाजिक र शिक्षालयबाट आर्जन गर्ने ज्ञानले मानिसलाई कति सिञ्चित गर्न सक्यो ? भन्ने विषय यस्तो बेला खोजिँदो रहेछ।

उमेर अनुसार अरुले नसकेको कुरा निरिमाया गर्न सक्नुको कारण पारिवारिक र सामाजिक हिसाबले सचेत र फराकिलो शिक्षा आर्जन गर्न सकेको क्षमता हो भन्ने कुराबुझेका दिननाथले घरपरिवारभित्रको असजिलो फ्याट सोध्न सकेका थिएनन् ।

आफ्ना छोराबुहारीलाई भेट्न शहर छिरेका दिनानाथले आफुले पढाएको विद्यार्थी,छिमेकी छोरी,बहिनी,पारिवारिक सम्बन्ध भएको निहुँले निरमायालाई भेट्न खोजे र मोबाइलमा कल गरे ।

मोबाइल दोस्रो घण्टीमै उठाएकी निरमायाले सामाजिक,आर्थिक कामको तालिका हेर्दै एकदुई घण्टापछि भेट्न सकिने बताइन।निरमायाले उनको ब्यस्तताविच भेट्न समय दिएकोमै दिनानाथ खुसी भए ।

भनेको समयको एकदुई मिनेट पनि घटबढ नगरि भनेको ठाउँमा टुप्लुक पुगेकि निरमायाले दिनानाथलाई भेट्ने बित्तिकै आदरपुर्वक अभिवादन गरिन र चियाकफि, केही मगाउन चासो राख्दै रेष्टुरेन्टको चिया चमेनाको भाईबहिनीलाई बोलाइन,सोधिन र मगाइन ।

दिनानाथको घरपरिवारको सन्चोविसन्चो दिनचर्या दिनानाथको शहरको बसाइको अवधि सोधिन्।

हातमा बोकेको मोबाइल साइलेन्स गरे पनि बारम्बार कल आइरहेको दिनानाथले देखिरहेका थिए तर निरमायाले मोबाइल कल नउठाइ दिनानाथसँग कुरा गरिहँदा दिनानाथलाई सक्सक लाग्यो र भने, ” नानी तपाई ब्यस्त मान्छे,मोबाइलमा फोन बजिरहेको छ,उठाउनुस न !”

दिनानाथतिर फर्केर,मुसुक्क मुस्कुराउँद‌ै निरमायाले भनिन्, ” सर हजुरसँगको यो भेट विसवर्षपछिको हो ।यो भेटले मेरो बाल्यकाल मात्रै होइन,मेरो गाउँ, ठाउँ,साँझ,विहानका दैनिकी र शिक्षादिक्षा सहित बाल्यकालका राम्रा र नराम्रा कामको स्मरण गराएको छ।तपाई मेरो विद्यालयको शिक्षक मात्रै होइन, त्यो समय मेरो अभिभावक र मित्र जस्तो हुनुहुन्थ्यो। तपाईंको दैनिकीसँग जोडिएको सामाजिक,आर्थिक र व्यवहारिक जीवन हाम्रो लागि नारद पुराण जतिकै महत्त्वपूर्ण थियोे र छ । “

“तपाईंहरूको त्यो बेलाको आदर्श जीवन सम्झेर अहिलेको मेरो दिनचर्या चलेको छ। “
भन्दै त्यो बेलाको असल सिकाइप्रथि दिनानाथलाई आभार प्रकट गरिन्।
निरमायाले एकछिनपछि सबैलाई पुनः कल गर्ने पनि बताइन् ।
निरमायासँग देखिएका सामाजिक व्यवहारले दिननाथ सारै खुसी भए।

निरमायाले दिनानाथको साथमा दिउँसोको खाजा खानेविचारले खाजाको रोजाईको चर्चा चलाइन ,अडर गरिन ।

खाजा लिएर आउन अलिकति समय लाग्ने भयो । त्यहि समयको सदुपयोग गर्दै दिनानाथले निरमायासँग मातापिता,भाइबहिनी र भदाभदैको बारेमा जिज्ञासा राखे ।

निरमायाले छोटो प्रतिउत्तर दिँदै “ठिकै छ” भनिन् ।

दिनानाथले जिज्ञासा अनुसार उत्तर पाएनन् । दिनानाथले पुन : सोधे,” नानी, तिमीले दिएको उत्तर भित्र तिम्रो घरपरिवारको वास्तविकता झल्कँदैन ।तिमीले यति भनेर म चित्त बुझाउँदिन ! तिम्रो पारिवारिक भुमिका मात्रै होइन सामाजिक,आर्थिक वृद्धि विकासमा तिमीले खेलेको भुमिका पनि मलाई थाहा छ। सामाजिक जीवन,जिम्मेवारी र उत्तरदायित्वप्रतिको तिम्रो समर्पण पनि मलाई थाहा छ ! यी सबै जिम्मेवारी निभाइ रहँदा तिमीले आफू सकिएर परिवारका प्रत्येक सदस्यहरूको आवश्यकताको पूरा गर्दा तिमी हिंसा र अन्याय पर्दैछौ भन्ने कुरा पनि समाजलाई थाहा पाएको छ । हिजो तिमीले लगानी मात्रै होइन मेहनत गरेर उठाएका परिवारका सदस्यहरूले अहिले तिमी माथि गरेको अपमान र पैत्रिक सम्पत्तिको अंशबण्डामा गरेको ढिला सुस्ति पनि थाहा पाएको छु।”

“पिताले छोडेर गएकी एकल आमालाई गरेको हेलाँहोचो सबै बुझेको मात्रै होइन चासो पनि राखेको छु ।”

” तिमीले परिवारभित्रको कुरा भन्न नचाहेकोले मैले नै कुरा खोतलेको हुँ ।पिताले छोडेर गएपछि साथमा बसेका सन्तानले मातापिताको आर्जनमा लडिबुडी गरेर आमालाई खान,लाउन, बोल्न,हिड्नमा नै लगाएको प्रतिबन्ध थाहा पाएर सयौं पटक मिलाएको छु ।

तिमीहरूको जस्तो उदाहरणीय परिवारभित्र अहिले देखिएको पारिवारिक अराजकताले अब परिवारको विनास हुने भयो भन्ने चिन्ताले मैले तिमीसँग कुरा गर्न खोजेको हुँ ।”

” पारिवारिक जिम्मेवारी निर्वाह गर्ने,कुरा चर्का गरेर आफ्नु स्वार्थ सिद्ध गर्ने व्यक्तिको कारण परिवार नै डुब्छ भन्थे हो रहेछ ।”

“एउटै उचाइमा उडिरहेको चराहरुमध्ये गिद्वले जमिनमा मरेर फालेको सिनो देख्छ,कागले जुठेन्लाको जुठो देख्छ र परेवाले आँगनमा सुकाएको बिस्कुन मात्रै देख्छ रे ।”

“एउटै परिवार भनेर के गर्नु जस्तो सोच,त्यस्तै दृष्टिकोण बन्दो रहेछ।ज्ञानको घेरा भनेको उसको क्षमता हो भनेको यहि हो नानी !”

निरमायालाई पछिल्लो समय,परिवारका सदस्यहरूले नै आर्थिक,सामाजिक रुपमा गिराउन अनेकौं आरोप प्रत्यारोप लगाउँदै हिडेको पनि सुनेका दिनानाथलाई निरमायाप्रतिको अपमानले पीडा भएको थियोे ।

निरमायाको सबैप्रति समान व्यवहार भाइबहिनीले पचाउन सकेनन् र उपेक्षा गर्न थालेको बाहिरबाट देख्नेले र सहन नसक्ने भइसकेको थियोे । सत्य,तथ्य भन नसकेपछि समाजले हस्तक्षेप गर्छ भन्ने तथ्य दिनानाथले सत्य सावित गर्दै दिनानाथ निरमायातिर फर्के।

जे जस्तो भएपनि परिवारभित्रको असजिलो बाहिरिँदा सबैलाई हिनताबोध हुन्छ नै । निरमायाले गल्ती गरेकी थिइनन् तर पनि दिनानाथको अनुहार हेर्न नै सकिनन्। आफ्ना भाईबहिनीले लगाएका एकपछि अर्को आरोप र लान्छानाहरू एकएक सम्झिन्। पिताजीले सन्तान भएको हर्ष बढाँइमा छोराहरूको नाममा जग्गाजमिन राखेको कारण अंशबण्डा हुननसकेको,पिता गुमाएकी विधुवा आमालाई सम्पत्ति दिनुपर्छ भनेर खानपिन नै निषेध गरेर ओंच्छ्यान परेको,कम्जोर भएपछि बोक्सी उपनाम थपेको,आफू एकल हुँदा भाइबहिनीहरूबाटै लगाएका अनगिन्ती लान्छना सबै निरमायालाई झल्झलि भएर आयो ।

निरमायाका आँखाबाट टप्केका आँसुले पुरै टेवल भिज्यो ।तर पनि निरमाया दिनानाथतिर फर्केर दिनानाथले सोधेको प्रश्नको जवाफ दिन सकिनन् ।

वेटरले अडर अनुसारको खाजा टेवलमा राखिदियो । निरमायाले टिस्यु पेपर निकालेर आँसु पुछिन तर आँसु रोकीएन ।
निरमाया उठेर शौचालय गइन् ,मुख धोएर भित्र छिरिन् । आफुलाई सामान्य बनाउन खोजिन्, सकिनन ।

भावुक स्वरमै दिनानाथतिर फर्केर भनिन्,” सर मैले मेरो कर्तव्य पूरा गरिरहँदा मैले के पाउँछु?मलाई कति फाइदा होला ?भनेर सोचिन् । आफ्नु स्वार्थ मात्रै सोचेर परिवार र समाजको विकास हुन्न भन्ने कुरा तपाईंहरूले नै सिकाउनु भएको थियोे । सामाजिक,पारिवारिक दायित्व पूरा गर्न स्वार्थ भन्दा माथि उठ्नु पर्छ भन्ने पनि तपाईंहरू नै हो। मलाई यो ठाउँमा पुर्याउने पनि तपाईंहरू नै हो । अब तपाईले भन्नुस सर ?तपाईंशरूले मेरो भाइबहिनीलाई किन स्वार्थि हुने शिक्षा दिनु भयो ? “

” फरक व्यवहार सिकाउने,अपमानमा रमाउने,हेलाँ होचोको नियम बनाउने यहि समाज हो।आजपछि मेरा र मेरी आमाका विषय सामाजिक भएका छन् । यतिका विषयको जानकारी राख्ने तपाईंले नै हामी माथि भएको अपमान र हेलाँ होचोको विरुद्ध बोल्न पर्यो । पारिवारिक संरचनाभित्र समानता र सहभागीताको भुमिका आवश्यक छ ।पारिवारिक संरचना, नाता,सम्बन्ध र श्रोत साधनमा सबै उमेर समुहको बराबर सहभागीता हुनुपर्दछ,भन्ने विषयको बहस चलाउनु पर्यो । समयमा ख्याल गरेन भने पितृसत्ताले समस्या बनाउँछ भनेको यहि हो । यस्तो सोच राख्ने एकात्मक,स्वार्थि र निर्ङकुस मानिस हो। समानताको दृष्टिकोण भनिन्छ नभएकोले आफुलाई केन्द्रमा राख्ने बाहेक अन्य कुरा सोच्दैन। सधैं रोएर,आँसु बगाएर हुँदैन।संविधानले दिएको हक खोज्नै पर्ने भयो। अब फेरि मलाई तपाईंहरू साथ चाहियो ।सर,खाजा सेलायो “

भन्दै निरमायाले कुराको सन्दर्भलाई विषयान्तर गरिन।दुबै टेवलको खाजातिर लागे।

सीता ओझा

प्रतिक्रिया