धार्मिक सामाजिक रुपान्तरणकि महायोद्धा : योगमाया 

सीता ओझा अध्यक्ष महिला अध्ययन केन्द्र २०८२ असार २३ गते ९:४७ मा प्रकाशित

” महाराज छन् दर्वारमा हेर्न आउदैनन्
दु : खी जनले नियन निसाफ सिधा पाउदैनन्
जागिरदार लोभी छन् निँया हेर्दैनन्
मर्नु पर्ने शरीर हो विचार गर्दैनन् ! ” ………….

माथीका भनाइहरू आज भन्दा पचासी वर्ष अघि नै समाजमा सुधारका लागि कुरा उठाउने क्रममा योगमायाले लिपिबद्द गरेका श्लोकहरू हुन । योगमाया न्यौपाने भोजपुर जिल्लामा वि स १९१७ देखि १९२५ विचको अवधिमा जन्मिएकी थिइन । भोजपुरको नेपाले डाँडा सानो सिम्लेको चिसो पानी खाएर दुई विबाह बचाइन तर पनि जीवन सुखि हुनसकेन । त्यसपछि उनी जिविकाको सन्दर्भमा आसामतिर गइन र पुनः तेस्रो विवाह गरिन ।त्यस बेलाको नेपाली समाज र विधुवा भएर जिउने कुरा निकै कष्टकर हुन्थयो नै । अहिले त उमेर गइसकेका (६० नाघेका ) महिलाहरू विधवा भएर जीवन विताउने कुरा निकै अँध्यारो कष्टकर छ । त्यस बेला त्यो पनि कलिलो र किशोरावस्था स्वाभाविक रूपमै चन्चलताले भरिपुर्ण उमेर हो । जिवनको वास्तविकताले भन्छ ; मानिसका उमेर अनुसारका मानविय आवश्यकताहरू हुन्छन नै । त्यो चाहे महिला होस या पुरूष ,उसका प्राकृतिक गुणबाट अलग हुन कसरी सक्छ र । पुर्विय दर्शनमा धेरै राम्रा कुरा हुदाहुदै पनि महिलाको जीवन र जगतसगँ जोडिएर आएका जैविकीय विषयसँग अथवा उपभोगसँग जोडिएर बनेका सामाजिक कानुनहरू अझै निकै निर्मम देखिन्छ । वास्तवमा त्यस बेला त महिलाको जीवन जिउने कुरा घरभित्रको काम, प्रजनन , पुरूषको यौन चाहानाको पुर्णता, डर र खानदानसँग जोडिएर पुरूषको निजी सम्पतिको रूपमा उपयोग या प्रयोग हुने बाहेक अन्य ढंगले पढ्न र बुझ्न सकिने अवस्था देखिन्न तर पनि भुमिकामा अगुवाइ गरेका धेरै इतिहास छन । यी र यस्ताको कुरा अझै खोजी र लेखिने क्रममै छन भने अरू महिलाको त कहिले कस्ले लेखिदेलान । ?

यतिका कष्टकर अवस्था पार गरेपछि योगमायाले आफू प्रति परेको संकट,पारिवारिक जीवनप्रतिको मोह,सुखभोगका सम्पुर्ण कुरालाई चटक्कै त्यागेर जिवनको मोक्षको बाटो समातिन । उनकोलागि मात्रै होइन यो बाटो सबैकालागि निकै कठोर र निरस यात्रा थियो । जिवनको गुजारा र भोगाईकै क्रममा आसाम पुगेकी योगमायाले तीन पटक विदुवा हुँदा,घरबाट निकालिदा,अपमान र बेइजतीपुर्ण व्यवहार ,माइतीले बेवास्ता, बहिष्कारणमा पर्दा,पोइटोकुइको संज्ञामा सारा समाज एकतर्फि हुदा,गाउँ छिमेकले पर्गेल्न खोज्दा पनि सतिसाल झै ठिङ्ग उभिएर टिकि रहिन । जिवनको देउरालीबाट विना प्रतिक्रिया हेरिरहिन । मनबाटै यी र यस्ता अन्धविश्वासका विरूद्द लड्ने आत्मबल बनाएर नअल्मलि जीवनयात्रामा लम्किरहिन । सबै नाता सम्बन्ध भित्रको चिसोपना,अँध्यारो गोरेटो,भत्केको मन,रूखिएका व्यबहारहरू भित्र खियालागेको दया र मानवता पनि नभेट्दा निकै चिन्तित हुन्थिन । यसको सुधारकालागि मन र मस्तिष्कले निकास खोज्थिन । यिनै कुराको साहारा लिएर आसाम पुगेकी योगमाया पुन : नेपाल फर्किन र भोजपुरको मजुवामा नै सुधारको पहिलो स्थल बनाइन । गाँउमा फर्केपछि पनि गाँउलेहरूले धेरै विरोध गरे तर उनी जप,तप,ध्यान गर्न थालिन । अन्याय गर्ने भन्दा अन्यायमा पर्नेको सख्या थियो । तिनीहरू जसले कुरा सुन्थे ,उनको छेउमा आउथे , तिनैलाई कुरा बुझाइन,नजिक राखिन,अन्याय के ? भनेर छुट्याउन सिकाइन ।

अन्यायको किन र कसरी विरोध गर्ने भन्ने कुरामा सामेल गराइन । उनले राणा प्रधानमन्त्रीहरूलाई पटक पटक भेटिन र सुधारकालागि भनिन । राणाहरूले माग पूरा गराउने आश्वासन सहिता भक्ति पुर्वक विदा गरे तर पछि मागका बारेमा आलटाल र ढिला सुस्ती गर्न थाले । उनले पुनः स्मरण गराउने उदेश्य राखेर आफ्ना प्रतिनिधिहरू राजधानी पठाइन ।यसरी विरोध जनाउने सन्दर्भमा आफ्ना ” धर्भ भिक्षा ” नामका २६८ वटा माग सहित त्यस बेलाका श्री ३ प्रधानमन्त्री चन्द्र शमशेरलाई आफ्ना अनुयायी मार्फत ” सत्य धर्भ भिक्षा ” माग पत्र पटकपटक पठाइन। निकै प्रयत्न गर्दा पनि माग पूरा नभए पछि विशाल यज्ञको आयोजना गरि यज्ञ कुण्डको अग्निमा दहन हुने कठोर निर्णय सहित यज्ञको तयारीमा लागिरहेको थाहा पाएर राणहरूले उनलाई गिरफ्तार गरि तीन महिला धनकुटाको जेलमा राखे । उनलाई तीन महिना पछि जेल मुक्त गरियो । जेलको मुक्ति पछि पुन उनी मझुवा नै गइन र आफ्नु समाज सुधारको महाअभियानलाई सुषुप्त तरीकाले संगठित गरिन । मागहरूको सार्वजनिककि करण गर्दा समाजमा अन्यायमा परेका ठूलो समुहले राज्यका तर्फबाट (राणाहरूको ) निर्मम यातना पाउने कुराको कारण पछिल्लो चरण त्यसो गरिनन् । पछिल्लो चरण राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेर कहाँ पठाएका आफ्ना प्रतिनिधिहरू मध्ये केहिलाई गोकर्णको उत्तर बाहिनीमा कैद गरे भने केहिलाई मारि नै दिए । जुद्द शमशेरको पालामा बचेका एक जनालाई अनेक प्रयत्न पश्चात् जेल मुक्त गराउन सफल भइन । यसरी अनाहकमा अन्य सर्वसाधारणले दुख पाउने कुराले उनलाई अझै दुखि बनायो । अन्तिममा आफ्ना ६८ जना अनुयायीका साथमा हाँसीहाँसी उर्लिएकी वि स १९९८ असारकोको ठुली एकादशीको दिन अरूण नदीमा विद्रोहीको स्वर सहित जल समाधी लिने अठोट गरिन । योगमायाले संसारलाई धर्मको बाटोबाट पनि सामाजिक जागरण ,न्याय प्राप्त गर्न सकिन्छ भन्ने निकै महत्त्वपूर्ण पाठ सिकाएर हामीबाट विदा भए । ।

नेपाली इतिहासकी यी संघर्षशिल योद्धाले श्री ३ ले दिएको बचनको प्रतिक्षामा ३२ दिन सम्म पानी मात्रै पिएर माग पूरा गर्नका लागि कुरिरहिन । अन्तिम ज्ञापन पत्रको रूपमा ” साग, सिस्नो, पिठो फाँका मार्नु औं लातवात मनोइच्छा भिक्षा कार्तिक शुक्लपुर्णिमा सम्म दिनु होला भन्ने माग पत्र पठाएको देखिन्छ । उनले त्यस बेला उठाएका मागहरू मध्ये बाल विवाह,अनमेल विवाह वहुविवाहको विरोध विधवा विवाहको , महिला शिक्षा, सरसफाइ,गौचरण,वन जङ्गल आदीको रक्षा सहित २६८ वटा माग “सत्य धर्म भिक्षा ” पत्रमा उल्लेख गरेकी छन । यस्ता समाजिक सरोकार सहित जोडिएका विश्वमा कहिँ कतै भेटिनन् ।

अहिले पनि महिलाको अधिकारको कुरा गर्दा आतिने नेपाली समाज त्यो समयमा महिलाको अधिकार पनि जोडेर अन्यायको विरूद्ध राजा देखि रङ्कसम्म पुग्ने गरि माग राखेर खरो उत्तर्नु र अरू धेरैलाई उत्तर्न प्रेरण दिनु, दिएर आफ्नै अभियानमा सरिक गराउने मात्रै होइन सामाजिक न्यायको अभियानमा लागेर जीवन नै उत्सर्ग गर्न खोज्नु र जीवन नै चडाउनु गम्भीर प्रकृतिको विरोध हो भनेर हामीले बुझ्न जरूरी देखिन्छ । महिलाको स्थान या पहिचान सँगै सामाजिकआर्थिक सरोकारका धेरै ( २६८) वटा माग राखेर बारम्बार राणाहरूलाई भेट्नु , संवाद गर्नु, दुत पठाउनु र झक्कझक्यायी राख्नु त्यो समयको निकै ठूलो र जोखिमपूर्ण अभियान हो भन्ने कुरा हामी सबैलाई जचेको विषय पनि हो । योगमायाले उठाएका हरेक विषय अहिले विश्लेषण गर्दा विशुद्ध धार्मिक सामाजिक न्यायका पक्षमा देखिन्छन् ।

सामाजिक न्यायको आन्दोलन समाजसँग सम्बन्धित भएका र रहेका विभेद या अन्याय विरूद्धको अभियान हो भनेर नै अध्ययन गरेको भेटिन्छ । समाज वा समाजभित्र भएका कुराहरुको यथार्थ र निष्पक्ष भएर समाजमा सहजता देखाउने कार्य या व्यबहारलाई नै सामाजिक न्याय हो भनेर गरिएको व्याख्या भित्र समाजको स्वरूपलाई मध्यनजर गर्दै सबै भाषा,धर्म,तह, वर्ग,लिङ्ग, क्षेत्र ,वर्ण,जात,उमेरका नागरिकहरूप्रति समान दृष्टिकोणले हेर्नू,त्यहि अनुरूप राज्यका सुविधाहरूको लाभ पाउनु या दिनु अथवा व्यक्तिको प्राकृतिक र नैसर्गिक आधिकारको प्राप्ति गर्न सक्ने कुरासँग जोडेर उठाएको देखिन्छ । सामाजिक न्यायसँग जोडिएको Marriam Webster collegiate dictionary विषयलाई यहाँ उल्लेख गर्न चाहान्छु । ” उपयुक्त दण्ड वा पुरस्कार प्रदान गर्नु या पुर्णतः पक्षपात रहित स्पष्ट र सहि ढंगले व्यवहार र कार्य गर्नु नै सामाजिक न्याय हो भनेर लेखिएको भेटिन्छन् । यसरी हेर्दा सन १५५२ ताका बेलायतको Wales टापुमा भएका आन्दोलनलाई सामाजिक न्यायको आन्दोलन भनेर पढेको कुरा पनि योगमायाको यो अभियानमा जोडिन्छ ।

सामाजिक न्यायलाई अहिलेसम्म दुईवटा धारको अवधारणाबाट अध्ययन गर्ने गरेको पाइन्छ । पहिलो अवधारणा संरक्षित न्याय : — यसभित्र समाजमा रहेका हरेक व्यक्तिमा सम्बन्ध,जिम्मेवारी, पहुँच, निश्पक्षता,समता र समानताको कुरालाई अग्रस्थानमा राखेको देखिन्छ । त्यस्तै विपरीत न्याय : — जस्ले नैतिकता,उत्तरदायित्व ,संगठन, समुदाय र समाजमा केन्द्रीकृत रहेको हुन्छ भनिन्छ । विश्वको इतिहासको अध्ययन गर्दा बेलायतमा भएका दुइटा आन्दोलनहरूलाई सामाजिक न्यायसगँ जोडेको देखिन्छ । ती आन्दोलनहरू मध्ये एक गरीबको आन्दोलन र अर्को मकैको आन्दोलन अथवा अनाजको आन्दोलनको रूपमा भएका थिए । ती दुबै आन्दोलनहरू मानिसको दु:ख मोचनकोलागि लिएको पाइन्छ । त्यो आन्दोलन पश्चात् उपलब्धिको रूपमा Poor Law स्थापित भयो । त्यसमा दया ,भक्ति,बेरोजगारी,फिरन्ते,गरिब/ भिखारीहरूको उथ्थान र रोजगारी सृजना गर्ने कुरा आदीको व्यवस्था गर्न सक्यो । यी दुबै बेलायतको इतिहासमा सन १६०४ एलिजावेथ प्रथमको पालामा भएको थिए । त्यस बेला बनाएको गरिबको उथ्थानको कानुन पनि विकलांग र सबलांग गरीब विभाजन गरि ल्याइएको थियो । अनाजको अभावका कारण सन १९१५ देखि १८४६ सम्म भएको अनाजको उचित बजारको व्यवस्थापनको विषयसँग जोड्नु,खाद्यान्नको उत्पादन र वितरण सम्बन्धि न्यायोचित कानुनको निर्माण माग गर्नु जस्ता विषयले सामाजिक न्यायको जग बसाल्यो ।

धार्मिक सामाजिक रुपान्तरणकि महायोद्धा : योगमायाले धर्मसगँ जोडेर ल्याएका धर्मसंहिताहरू धेरै अघि बेलायतमा उठेको गरीबी विरूद्धको मागसँग मिल्न जान्छन ।त्यसैले योगमाया मानवतावादी थिइन् । तात्कालिन समाजमा एकल महिला भएर जे प्रयास गरिन त्यो संसारमा भएका सयौं आन्दोलन या अभियान भन्दा माथी छ तर,अझै यस्ती विरङ्गनालाई चिनाउन सकेका छैनौ । योगमायालाई राष्ट्रिय विभुति बनाउन या घोषणा गर्न सकेको छैन । योगमाया नेपाली समाजकी धार्मिक समाज सुधारको पक्षधर विश्वकै पहिलो अभियान्ता हुन । यो विषयमा सरकारको ध्यान पुग्नै पर्छ । उनको यो अभियानको सम्झनामा हामी सबैको तर्फबाट हार्दिक श्रद्धाञ्जली सहित नमन ।

सीता ओझा

प्रतिक्रिया