अमेरिकामा सवारीसाधन अडान गर्दा आपराधिक गतिबिधिबाट नेपाली समुदाय कसरी सतर्क र चनाखो हुने ,केही महत्वपूर्ण खुराक

इनेप्लिज २०८० फागुन १३ गते २१:३१ मा प्रकाशित

अमेरिकामा बिशेष गरि अन्य समयमा भन्दा चाडपर्वका अवसरमा मानिसहरु ज्यादा किनमेल अर्थात् खरिद गर्ने गर्दछन । यही मौकाको फाइदा उठाई अपराधी गतिबिधिमा संलग्न हुनेहरु निकै क्रियाशील हुने गर्छन ।

अमेरिकाको नेसनल क्राइम भिक्टीमाइजेसन सर्वे (एनसीभिएस) ले अपराध गतिबिधिका घटनाहरु अभिलेख राख्ने गर्छ । एनसीभिएसले हिंसक अपराधहरु बलत्कार ,यौन उत्पीडन ,डकैत ,सामान्य आक्रमण ,व्यक्तिगत चोरी जस्तै मुद्रा थैली (पर्स)तथा गोजिमारा (पकेटमार) आदि इत्यादीको सर्वेक्षण गरि लेखाजोखा राख्दछ ।

अमेरिकाका विभिन्न राज्यहरुमा दिउसो गाडी रोक्दा रोक्दै डकैत सम्म हुन्छ । अमेरिकाको राजधानी वाशिंगटन डिसीमा किशोर र किशोरीहरु दिन दहाडै गाडी रोक्ने बित्तिकै बन्दुक देखाएर सबै कुराहरु संचार थान(घुम्ती यन्त्र -मोबाइल)लगायत सबै चीज लुटपाट गरि गाडी सहित भाग्ने गर्छन । डिसीमा दिउसै पनि गाडी रोकेर हिडडुल गर्न अत्यन्तै जोखिम अवस्था रहेको छ । डिसीमा प्रहरीहरु पनि ठूलो समस्यामा परेका छन् ।

अमेरिकामा सबै राज्यहरुमा नेपाली समुदायहरुको जनघनत्व वृद्धि हुदै गरेको अवस्थामा यस्ता अपराधिक गतिबिधिबाट जानकार हुन् सक्यो र सावधानी अपनाउन सक्यो भने दुख पाइदैन । बिशेष गरि पार्किंग स्थल( सवारी साधन अडान क्षेत्र ) मा अपराधिक गतिबिधि निकै वृद्धि भएको छ । बिशेष गरि ब्यापारिक स्थल जस्तै पसल,बैंक(धनागार) ,कार्यालय भवन ,चमेना गृह,रात्री क्रिडास्थल (कल्ब )सवारी साधन राखन धरण स्थल तथा अन्य यस्ता स्थल आदिहरुमा अपराधीले बिशेष लक्ष्य बनाउने गर्दछन ।

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा किशोर र किशोरीहरु दिन दहाडै गाडी रोक्ने बित्तिकै बन्दुक देखाएर सबै कुराहरु संचार थान(घुम्ती यन्त्र -मोबाइल)लगायत सबै चीज लुटपाट गरि गाडी सहित भाग्ने गर्छन ।

उनीहरुको दाउ बिशेष गरि चाडपर्वहरु जस्तै क्रिसमस ( ईसाई पर्व) लाई ज्यादै मध्य नजर गर्दै अपराधिक गतिविधिमा संलग्नहरुले मौका पर्खि रहेका हुन्छन । र ,यस्ता कुराहरुमा ध्यान नजाने हुनाले हामी चुक्दछौ । यस्ता अपराधबाट बच्न हामी आफै सतर्क हुनु पर्छ । ब्युरो अफ जस्टिस स्टाटिसटिक्स ( न्याय विभागको तथ्याँक )का अनुसार सन् २००४ देखि २००८ सम्म ३ मा १ हिंसा आफ्नो घर छेउमा हिंसक घटना घटेको जनाएको छ । यो अवधिमा ५ हिंसक अपराध मध्ये १ खुला स्थल जस्तै गल्ली ,मैदान तथा खुला मैदानमा घटना घटेको उल्लेख गरेको छ ।

झन्डै दुई तिहाई अपराध मध्ये घरबार भएका सदस्यहरुका घर नजिक भएका छन् । १० सम्पत्ति अपराधमा १ भन्दा बढि सवारी साधन अड्डा (पार्किङ स्थल )वा यानशाला(गराज)मा भएको तथ्यांक निकालेको छ । बिशेष गरि बिशाल बजारका खरिद गर्न आउने ग्राहक ,चमेना गृह या मधुशालाबाट ढिलो फर्कने माथि आक्रमण हुने जनाएको छ । यस्ता स्थानहरुमा ३९.१ प्रतिसत हिंसक घटना घटेको उल्लेख गरेको छ ।

यस्ता घटनाबाट बच्न हामीले कस्ता सावधानी अपनाउनु पर्छ । कस्ता मुलमन्त्रहरु अपनाउन सके हामी हिंसक अपराधबाट बच्न सक्छौ ।

केही उपायहरु :

हामीले राखेको सवारी साधन स्थलमा कुनै पनि समय आक्रमणको शिकार हुन् सक्छौ । सवारी साधन अडान क्षेत्र निकै जोखिम पनि हुन्छ । यस्ता घटना बिहान र दिउसो भन्दा राती घट्ने हुन्छन । मानिसहरुको आवतजावत कम भएको ,बिजुली बत्ति कम भएको र अपराधी लुक्न सरल हुने जस्ता ठाउँमा यस्ता घटना हुने गर्छन ।

जहिले पनि राम्रो र मानिस आवत जावत हुने सवारी साधन राख्ने स्थलको खोज गर्नु पर्छ । आफ्नो जाने स्थान नजिक अर्थात् सवारी साधन जति सक्यो नजिक राख्ने प्रयास गर्नु पर्छ । आफ्नो गाडीको ढोका र पुरै झ्यालको सिसा बन्द गर्नु पर्छ ।

आफ्नो जाने स्थान नजिक अर्थात् सवारी साधन जति सक्यो नजिक राख्ने प्रयास गर्नु पर्छ । आफ्नो गाडीको ढोका र पुरै झ्यालको सिसा बन्द गर्नु पर्छ ।

जहिले पनि गाडी राख्नु पहिले वरिपरि एक पटक ध्यानले हेर्नु पर्छ । कोही नजदिक भएमा निकै सावधानी पूर्वक अवलोकन गर्नु पर्छ । खरिद गरे पछि गाडीमा चढ्नु अगाडी चारैतर्फ हेर्ने बानी गर्नु पर्छ । कहिले पनि गाडी राख्दा चालक तर्फ नराखेर यात्री बस्ने तर्फ गाडी राख्नु पर्छ । किनभने बदमास छ भने चालक भएको तर्फबाट तुरुन्तै ओर्लिएर आक्रमण गर्न सक्छ ।

जव खरिद गरे पछि तु सिसा पुरा लगाउने र तु हिड्ने गर्नु पर्छ । किनमेल गरि सके पछि के के किने ,के रहेछ भनि सुची हेर्ने गर्नु हुदैन । त्यो मौकामा अपराधिक गतिबिधिमा संलग्न हुनेले मौका छोप्दछन ।

यस्ता स्थानमा कोही बोल्न आयो भने सतर्क रहनु पर्छ । र कसैले आफ्नो गाडी खराव भएको छ या अन्य चिज भनेमा सावधान हुनु पर्छ । यस्ता समयमा मैले बाटो भुले भनि निर्देशन गर्न पनि आग्रह गर्ने गर्छन । यस्ता बाट सावधान हुनु पर्छ तर कहिलेकाही आपतमा पनि परेका हुन्छन । आफ्नो सवारी साधनमा आउदा आउदै कसैले मद्दत मागेमा प्रहरीको ९११ मा गर्न सुझाव दिने गर्नु पर्छ। र आफु गाडीमा छिर्ने बितिकै सिसा बन्द गर्ने र ढोका बन्द गरेमा सुरक्षित हुईञ्छ ।

सबै भन्दा पहिला आफ्नो बिबेक प्रयोग गर्नु पर्छ । यस्ता स्थानमा बसेर कसै संग कुराकानी पनि गर्नु हुदैन । जति सक्दो चाडो सवारी साधन स्थल बाट हिड्नु पर्छ । वर्तमान समयमा अधिकांश मानिसहरु सामाजिक संजालमा झुन्डिने बानि हुन्छ । खरिद गर्न गाडी बाट उत्रेर बिशाल बजार या चमेना गृह या क्लबमा जाने क्रममा पनि आफ्नो संचार थान ( मोबाइल) खेलाउदै जाने कदापी गर्नु हुदैन । यसो गरेमा आक्रमण हुने धेरै सम्भावना हुन्छ ।

सबै भन्दा ज्यादा यस्ता अपराधिक गतिबिधि रातको समयमा हुने हुनाले राती समयमा हिड्ने काम बन्द गर्दा राम्रो हुन्छ । यदी निकै जरुरि भए मात्र खरिद गर्न जाने र गाडी रोकेको स्थानमा गाडीबाट निक्लदा र गाडी भित्र छिर्दा चारै तर्फ हेर्नु पर्छ । यदी तपाईलाई यस्ता स्थानमा खतरालागेमा अर्को स्थानमा गाडी राख्नु पर्छ ।

सबै भन्दा ज्यादा यस्ता अपराधिक गतिबिधि रातको समयमा हुने हुनाले राती समयमा हिड्ने काम बन्द गर्दा राम्रो हुन्छ ।

अमेरिकाका सबै राज्यहरुमा नेपालीहरुको बस्ति बढ्दै गएकोले यस्ता कुराहरुमा हामी सतर्क हुनु पर्छ । यस्ताबाट नेपाली समुदायहरु पनि शिकार भएका छन । र ,यस्ता गतिविधिमा संलग्नहुनेहरुले ज्यादा महिलालाई लक्ष्य बनाउदछ्न । किनभने अधिकांश महिलाहरु खरिदमा रुचि राख्ने ,घर संचालन गर्न सामान ल्याउने ,किन्ने हुनाले यस्ता हिंसक अपराधमा ज्यादा महिला पिडित भएका छन ।

उज्यालो भएको नजिक स्थान तथा वरिपरिको अवस्था बुझेर मात्र सवारी साधन रोक्ने गर्नु पर्छ । एक पटक चारै तर्फ हेरेर खतरा छैन र मलाई हुदैन भन्ने लागेमा मात्र गाडीमा चढ्नु पर्छ ।

प्रतिक्रिया