रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र नयाँ निर्वाचित इरानी राष्ट्रपति मसोउद पेसेश्कियनसँग दूरवार्ता गरेको एविसिन्यूजले जनाएको छ ।
रूसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभका अनुसार पुटिनले उक्त जानकारी शनिबारको दूरवार्तामा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिएका हुन्।
द्वन्द बढ्न नदिनु र रुसले सम्भावित मध्यस्थताका लागि तयार रहेको कुरामा जोड दिएको उशाकोभले शनिबार रूसी पत्रकारहरूलाई जानकारी दिए।
पुटिन र ट्रम्पबीच भएको सो दूरवार्तामा युक्रेन युद्धको बारेमा पनि चर्चा भएको थियो। उशाकोभका अनुसार पुटिनले ट्रम्पलाई युक्रेनसँग २२ जुनपछि वार्ता जारी राख्न इच्छुक रहेको बताएका छन्।
यो महिना पुटिन र ट्रम्पबीचको यो तेस्रो दूरवार्ती संवाद हो भने, सन् २०२५ को सुरुदेखि अहिलेसम्म उनीहरूबीच पाँच पटक संवाद भइसकेको छ।
रूस–इजरायल–ईरान त्रिकोणीय वार्ता र त्यसपछि पुटिनले ट्रम्पसँग कुरा गरे ।
त्यस्तै, युक्रेन युद्धमा शान्ति प्रयासलाई ट्रम्पको सहभागितासँग जोड्दै पुटिनले कूटनीतिक सन्तुलन बनाउने संकेतसमेत दिएका छन्।
प्रतिक्रिया