ह्वाइट हाउसमा राष्ट्रभक्तिपूर्ण उत्सव: राष्ट्रपति ट्रम्प र प्रथम महिला आतिशबाजीमा सहभागिता

इनेप्लिज २०८२ असार २१ गते १०:२९ मा प्रकाशित

वाशिङ्टन, डिसी । अमेरिका स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले ४ जुलाईको साँझ ह्वाइट हाउसमा आयोजित विशेष कार्यक्रमहरूमा भाग लिए। 

कार्यक्रमको सुरूवात राष्ट्रगान र अमेरिकी इतिहासका वीरहरूलाई श्रद्धाञ्जली अर्पण गरियो ।

दिउँसो राष्ट्रपति ट्रम्पले एउटा महत्वपूर्ण विधेयकमा हस्ताक्षर गरे ।

सो विधेयक अन्तर्गत अमेरिकी सीमामा सुरक्षालाई थप मजबुत बनाउने, उत्पादन उद्योगलाई स्वदेशमै सुदृढ गर्ने, र आप्रवासन नीतिमा कडाइ ल्याउने प्रस्ताव गरिएको छ। उनले भने, “यो विधेयक हाम्रो स्वतन्त्रता, सुरक्षा र स्वाभिमानको रक्षा गर्न बनाइएको हो।”

 आयोजित कार्यक्रममा देशभरका सेवा निवृत्त सैनिक, युवा उद्यमीहरू, र विविध समुदायका प्रतिनिधिहरूलाई आमन्त्रित गरिएको थियो। राष्ट्रपति ट्रम्पले उनीहरूसँग कुराकानी गर्दै अमेरिकी मूल्य र परम्पराप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याए।

कार्यक्रमको अन्त्यमा राष्ट्रपति र प्रथम महिला आतिशबाजी अवलोकन गर्न नेशनल मल ( राष्ट्रिय विशाल बजार)क्षेत्रमा पुगे, जहाँ हजारौं नागरिकहरूले देशभक्तिपूर्ण वातावरणमा राष्ट्रगान गाएर स्वतन्त्रता दिवसको उत्सव मनाए।

प्रतिक्रिया