जोइ चेस्टनटको विजयी पुनरागमन! २०२५ को नाथन हट डग खाने प्रतियोगितामा ७०.५ हट डग खाँदै उपाधि जिते

इनेप्लिज २०८२ असार २१ गते ११:१९ मा प्रकाशित

न्यूयोर्कको कोनी आइल्याण्डमा आयोजित २०२५ को नाथन प्रसिद्ध हट डग नामक खाने प्रतियोगितामा जोइ चेस्टनटले दमदार पुनरागमन गर्दै उपाधि पुन: प्राप्त गरेका छन्।

गत वर्ष प्रतियोगिताबाट बाहिर रहेका ४१ वर्षीय चेस्टनटले १० मिनेटमा ७०.५ हट डग र गोली नरम पाउरोटी खाएर उपाधी जिते। 

गत वर्षका विजेता प्याट्रिक बर्टोलेटी ४६.५ हट डगसहित दोस्रो स्थानमा रहे भने जेम्स वेब्ब ४५.५ खाएर तेस्रो भए।

कोनी आइल्याण्डमा जम्मा भएका भीडले  “जोइ, जोइ, जोइ!” भन्दै  चेस्टनटलाई स्वागत गर्‍यो । 

चेस्टनटले २०२१ मा ७६ हट डग खाएर बनाएको आफ्नो आधिकारिक विश्व कीर्तिमान भने यसपटक तोड्न सकेनन्। तर उनले गत वर्ष एउटा अनौपचारिक प्रतियोगितामा ८३ हट डग खाएर अविश्वसनीय किर्तीमान राखेका थिए, जुन मुख्य प्रतियेगिताले मान्यता दिएन ।

प्रतियोगिता पछि चेस्टनटले भने, “म यहाँ सहभागी हुन पाउँदा निकै उत्साहित छु। यदि अझै मैले केही थप खाएको भए! माफ गर्नुहोस् साथीहरू, म अर्को वर्ष फिर्ता आउनेछु।” 

यसै गरि महिला तर्फबाट मिकी सुडोले ३३ हट डग खाएर आफ्नो ११औं उपाधि जित्दै वर्चस्व कायमै राखिन ।

प्रतिक्रिया