ताइवानलाई अमेरिकाले सैन्य सहयोग दिए पछि चीनद्वारा धम्की

इनेप्लिज २०८१ वैशाख १२ गते ११:२८ मा प्रकाशित

ताइवानलाई अमेरिकाले सैन्य सहयोग दिए पछि चीनले धम्की दिएको छ । गत मंगलबार अमेरिकी सिनेटले ताइवानलाई कम्तिमा ८ बिलियन डलरको सैन्य सहायता पारित गरे पछि चीनले प्रतिक्रिया दिदै धम्की दिएको छ ।

चीनले बुधबार ताइवानलाई अमेरिकी सैन्य सहायताको पछिल्लो संपुष्टि ( प्याकेज)को आलोचना गर्दै यस्तो आर्थिक सहायताले स्वशासित टापु गणतन्त्रलाई “खतरनाक स्थिति” मा धकेलिरहेको बताएको छ।

अमेरिकी सिनेटले मङ्गलबार युक्रेन, इजरायल र ताइवानलाई युद्ध सहायतामा ९५ बिलियन पारित गरेको छ । एबिसीन्यूजका अनुसार चीनले ताइवानको सम्पूर्ण टापुलाई आफ्नो क्षेत्र भएको दाबी गरेको छ र आवश्यक परे बल प्रयोग गरेर कब्जा गर्ने धम्की दिएको छ।

मुख्यभूमिको ताइवान मामिला कार्यालयले उक्त सहायताले चीनलाई अमेरिकी प्रतिबद्धताहरूले “गम्भीर उल्लङ्घन” गर्दछ र “ताइवान स्वतन्त्रता पृथकतावादी शक्तिहरूलाई गलत संकेत पठाउँछ।”भन्दै बिज्ञप्ति जारी गरेको छ ।

एबिसीन्यूजका अनुसार वास्तवमा ८ बिलियन रकम ताइवानलाई सहायता सहित इन्डो-प्यासिफिकमा चीनको सामना गर्न सम्बन्धित प्राथमिकताहरूको दायरामा खर्च गरिने रकम हो।

प्रतिक्रिया