इराकको उत्तरी पहाडी क्षेत्रमा गुफाभित्र सहकर्मीको शव खोज्दै गरेका टर्की सैनिकहरू मिथेन ग्यासको विषाक्ततामा परेर ज्यान गुमाएका छन्।
टर्कीको रक्षा मन्त्रालयका अनुसार आइतबार ५ र सोमबार थप ७ सैनिकको मृत्यु भएपछि मृतकको संख्या १२ पुगेको हो।
मन्त्रालयले जनाएअनुसार १९ जना सैनिकहरू उक्त गुफामा प्रवेश गरेपछि मिथेन ग्यासको सम्पर्कमा परेका थिए।
“यस दुःखद घटनामा ज्यान गुमाएका हाम्रा वीर सहिदहरूप्रति हामी ईश्वरसँग शान्तिको प्रार्थना गर्छौं,” रक्षा मन्त्रालयले सोमबार विज्ञप्तिमा लेखेको छ। मन्त्रालयले बाँकी प्रभावित सैनिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।
टर्कीका रक्षा मन्त्री यासर गुलेर तथा उच्च सैन्य सेनापतिहरु घटनास्थलमा निरीक्षण गर्न र मृत सैनिकहरूको अन्त्येष्टि समारोहमा सहभागी हुन क्षेत्रतर्फ प्रस्थान गरेका छन्।
प्रतिक्रिया