मेक्सिकोले गत आइतवार राति अमेरिका विरुद्ध २-१ को जित निकाल्दै आफ्नो कीर्तिमानी दशौं कनकेक्याफ स्वर्ण उपाधि जितेको छ।
यो भकुण्डो प्रतियोगिता एक क्षेत्रीय संगठनद्वारा आयोजना हुन्छ । जुन फीफा अन्तर्गत काम गर्छ र यसले स्वर्ण प्रतियोगिता,राष्ट्रिय चरण प्रतियोगिता तथा अन्य प्रतियोगिताहरू आयोजना गर्छ । कनकेक्याफ(सिओएनसिएसिएएफ) अन्तर्गत अमेरिका, क्यानडा, मेक्सिको, क्युबा, कोस्टारिका, जमैका जस्ता देशहरू पर्दछन ।
खेलको ७७ औं मिनेटमा एडसन अल्भारेजले निर्णायक गोल गर्दै टोलीलाई विजय दिलाए। अमेरिकाले खेलको ४औं मिनेटमै अग्रता लिएको थियो, तर २७औं मिनेटमा राउल हिमेनेजले बराबरी गोल गर्दै मेक्सिकोको खेलमा फर्काएका थिए।
एनआरजि रंगशाला स्टेडियममा ७०,९२५ दर्शकबीच लगभग ७०% समर्थक मेक्सिकन थिए । जसले अमेरिकी खेलाडीहरूलाई खेल सुरु हुनु अगाडि नै हो हल्ला र समर्थन गरे। मेक्सिकोले ६०% आफ्नो पक्षमा भकुण्डो पार्न सफल भएको एनबिसीसमाचारले जनाएको छ ।
यो खेल अमेरिका र मेक्सिकोका लागि २०२६ विश्वकप (क्यानडा, अमेरिका, मेक्सिको) को सह-आयोजक अगाडि अन्तिम प्रतिस्पर्धात्मक खेल थियो।
अमेरिकी टोलीमा अधिकांश नियमित खेलाडी अनुपस्थित थिए । उनीहरु घाइते, छुट्टीमा, वा अन्य क्लबहरुसँग व्यस्त थिए । मेक्सिको अब अमेरिकामाथि गोल्ड कपको अन्तिम खेलमा ६-२ को अग्रता लिएको छ।
प्रतिक्रिया