टेक्ससको शिविर मिस्टिकमा आएको विनाशकारी बाढीले कम्तीमा २७ जना बालिकाहरू र शिविर प्रशिक्षकको ज्यान गएको पुष्टि गरेको छ ।
घटनाको पुष्टि गर्दै शिविर सॅजालस्थल(वेबसाइट)मा पीडामा परेका परिवारप्रति हामी निरन्तर प्रार्थना गर्दैछौं भनि लेखिएको छ ।
यो शिविर ग्वाडालुपे नदीको किनारमा रहेको एक मात्र बालिका शिविर हो। जुलाई ४ तारिख बिहानको समयमा आएको बाढीमा नदीको सतह दुई घण्टामै २० फिटभन्दा बढी उक्लिएको थियो। सोही समयमा अधिकांश बालिका र शिविर सल्लाहकारहरु सुतिरहेको बताइएको छ।
शिविर प्रशासनले अझै पनि हराइरहेका बालिकाहरुको खोजी जारी रहेको बताउँदै स्थानीय अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिएको छ।
“प्रभावित परिवारप्रति सम्मान, गोपनीयता र प्रार्थना जारी राखिदिन हामी सबैसँग अनुरोध गर्छौं। परमेश्वरको उपस्थितिले हामी सबैलाई समेटिरहोस्,” शिविरको वक्तव्यमा भनिएको छ।
स्थानीय उद्धारकर्मीहरूले खोज तथा उद्धार कार्य जारी राखिरहेका छन्।
प्रतिक्रिया