अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार सामाजिक सॅजाल मार्फत ब्राजिलका पूर्वराष्ट्रपति जाइर बोल्सोनोरोमाथि भइरहेको न्यायिक कारबाहीको कडा विरोध गर्दै शक्तिशाली सन्देश सार्वजनिक गरेका छन्।
ट्रम्पले उक्त कारबाहीलाई “राजनीतिक जादूटोना शिकार अभियान” को संज्ञा दिँदै चेतावनी दिएका हुन्।
उनले ब्राजिलका जनताले यो अन्याय सहन सक्दैनन् भनि ध्यानाकर्षण गराएका छन्।
ट्रम्पले भने, “बोल्सोनोरो दोषी होइनन्,उनी ब्राजिलको माया गर्ने बलियो राष्ट्रवादी नेता हुन्।”
ट्रम्पले ब्राजिलमा भइरहेको न्यायिक प्रक्रिया चुनावी प्रतिशोधको रूपमा व्याख्या गरेका छन्। उनी सर्वेक्षणहरूमा अग्रस्थानमा छन्, त्यसैले उनीमाथि हमला भइरहेको छ। यही कुरा म पनि अमेरिकामा भोगिरहेको छु, उनले लेखेका छन्।
ट्रम्पले अन्तर्राष्ट्रिय समुदायलाई ब्राजिलको स्थितिमा ध्यान दिन आग्रह गर्दै थपे — “बोल्सोनोरो र उनका समर्थकहरूविरुद्ध भइरहेको कारबाही गैरन्यायिक छ। जनताको न्याय भनेको चुनाव हो — त्यसैबाट निर्णय गर्न देऊ।”
ट्रम्पले अन्त्यमा ब्राजिललाई कडा सन्देश दिदै भने बोल्सोनोरोलाई शान्ति देउ!
प्रतिक्रिया