अन्तर्राष्ट्रिय खुसी दिवसको दिन जुरेको एउटा शीर्षक विहीन कविता !

रामप्रसाद खनाल २०८० चैत ८ गते २१:४० मा प्रकाशित

आफ्नै गाउँमा
आफ्नै आँखा अगाडी
एक हुल चोरहरू
गर्दै पालै पालो
लुटिरहेका थिए गाउँलेहरू
छिरे अर्का हुल
लागेको थियो आशा
बँचाउंछन कि गाउँ र गाउँलेहरू भनेर
यिनीहरू पक्कै सज्जनहरू होलान् भनेर
यिनीहरूको प्रवेशले

अब चोरहरूको हुल
भागाभाग हुने छ
पत्ता साफ हुने छ भनेर
खुसी हुँदै थिए म पनि
मेरा गाउँलेहरू जस्तै !
तर नसोचेको भयो
सज्जन सम्झेको हुल पनि
चोरहरूको हुलमा मिसिन गयो
अहिले मिलेर चोरी गर्न थालेका छन्
पहिले पहिले जसरी !
भन्छन् विश्व खुसी दिवस रे आज
हाँस्नु पर्छ बेसरी
तर,
सबै कुरा लुटिएको म र मेरा गाउँलेहरू
खोइ हाँस्नु कसरी ??
+नाच्नु कसरी ??
चोरहरूको साम्राज्यमा !

  • रामप्रसाद खनाल, मार्च २०, २०२४ (अन्तर्राष्ट्रिय खुसी दिवसको दिन)

रामप्रसाद खनाल

पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।

प्रतिक्रिया